सिक्किम ओलम्पिक एसोसिएशनका पदाधिकारीहरूको मुख्यमन्त्रीसंगा भेट

IMG_20220623_143044.jpg

गान्तोक। आज, अन्तरराष्ट्रिय ओलम्पिक दिवसको अवसरमा सिक्किम ओलम्पिक एसोसिएशनका अध्यक्ष कुबेर भण्डारीको अगुवाईमा संघका पदाधिकारीहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङलाई उनको मिन्तोकगाङस्थित सरकारी आवासमा भेट गरे। अध्यक्ष भण्डारी संगा संघका महासचिव एवं अर्जुन अवार्डी जसलाल प्रधान र सिक्किम बस्किङ एसोसिएशनका महासचिव डा. आरबी विश्वकर्म पनि सामेल थिए।

यस क्रममा मुख्यमन्त्रीले सिक्किमका उदीयमान बक्सर जयन्त डागरसॅंग पनि भेट गरे। एशियन यूथ एण्ड जुनियर बस्किङ च्याम्पियनशीप अन्तर्गत ५४ किलोग्राम वर्गमा कांस्य पदक जित्ने उनी पहिलो सिक्किमे हुन्। उनले मार्च २०२२ मा अम्मान, जर्डनमा आयोजित उक्त प्रतियोगितामा पदक जितेका थिए। डागरसॅंग उनको पिता अर्जुन कुमार डागर र माता सुष्मा रेणु सुब्बा पनि आएका थिए।

मुख्यमन्त्रीले ओलम्पिक एसोसिएशनका सदस्यहरूप्रति कृतज्ञता व्यक्त गरे। कांस्य पदक विजेता अनि सम्पूर्ण युवाहरूलाई प्रोत्साहित गर्दै उनले अन्तहीन सम्भावनाहरूले भरिएको यो यात्राको शुरूवात रहेको बताए। उनले सफलताको उचाई प्राप्त गर्न दृढ़ रहन आवश्यक रहेको बताए।

अन्तरराष्ट्रिय ओलम्पिक दिवस २०२२ को थीम ‘मूभ फर् पीस’ रहेको छ अनि ओलम्पिक दिवसले मानिसहरूलाई शान्तिमा सँगै ल्याउन खेलको शक्ति भनि मनाइरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *