रम्फू: पश्चिम पाण्डामको अवकाशप्राप्त सरकारी कर्मचारी संगठनले हालै बोर्ड परीक्षामा उत्कृष्ट अंकको साथ उतीर्ण भएका क्षेत्रका मेधावी विद्यार्थी आयुष ठाकुरलाई सम्बर्द्धना जनाएको छ। १२औं श्रेणीको बोर्ड परीक्षामा उत्कृष्ट अंक हासिल गरेर उतीर्ण भएका ईष्ट पोइण्ट उच्चतर माध्यमिक विद्यालयका विद्यार्थी आयुष ठाकुरलाई आज संगठनका अध्यक्ष एस.के. छेत्रीको अगुवाईमा रहेको एक टोलीद्वारा स्मृति अंगवस्त्र साथै दस हजार रुपियाँ प्रदान गरियो। यस अवधि विद्यालयका प्रधानाध्यापक सुशान्त सुब्बा, शिक्षकगण, विद्यार्थीवर्ग अनि अभिभावकहरूको उपस्थिति रहेको थियो। संगठनको पक्षबाट अध्यक्षसँग कार्यालय अधिकारी डीबी छेत्री, एसएन भण्डारी लगायत अन्यको उपस्थिति रहेको थियो।