कालचिनीः चियाबारी क्षेत्रमा पूर्खौदेखि बसोबास गर्दै आईरहेको आदिवासी श्रमिक परिवारलाई आफू बसेको र आफूले कमाएको जमीनको मालिकाना हक दिनुपर्ने दाबी समेत राज्य सरकारले दिएको आवेदन फरमेट फारममा विवरण दिएर यसलाई बीएलआरओ कार्यालय लगायत सम्बन्धित जिल्ला प्रशासनिक कार्यालयहरूमा जमा गर्ने कार्यलाई अल बंगाल आदिवासी स्टुडेन्ट एसोसिएशन (आबासा) र अखिल भारतीय आदिवासी विकास परिषदले अघि बढ़ाएको छ।
डुवर्सको अलिपुरद्वार जिल्ला अधीनस्थ रहेको विभिन्न ६ वटा ब्लक कार्यालयमा रहेको बीएलआरओ अधिकारी समक्ष जमीनको पट्टा आवेदन गरीएको संगठनको पक्षबाट गुलशन मिञ्ज र विष्णु मुण्डाले जनाएका छन्। यो कार्य अलिपुरद्वार, जलपाइगढी, दार्जीलिङ र कालेबुङ जिल्लाहरूमा नै भएको र दिनकै प्रायः हजार हजार आवेदन जमा हुन थालेको आबासा सदस्यहरूले जनाएका छन्। कालचिनी बीएलआरओ कार्यालयमा मात्र प्रायः १०४ भन्दा अधिक आवेदन जमा भएको बताईएको छ।