गान्तोक: राजधानीस्थित विकास क्षेत्रमा सञ्चालित पाल्जर नामग्याल कन्या विद्यालयले आज आफ्नो ९९औं स्थापना दिवस भव्यरूपमा पालन गऱ्यो। यस अवसरमा विधायक जीटी ढुंगेल मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै विधायक ढुंगेलले यहाँसम्मको यात्रा तय गर्न सफल पाल्जोर नामग्याल कन्या विद्यालयप्रति हार्दिक बधाई एवं शुभकामना दिए। उनले शिक्षाको क्षेत्रमा यस विद्यालयको योगदानको सराहना गर्दै उज्जवल भविष्यको कामना पनि गरे।

विद्यालयका प्रधानाध्यापिका जेम पी.एन. टार्गेनले यहाँसम्मको यात्रामा योगदान पुऱ्याउने सम्पूर्णप्रति कृतज्ञता प्रकट गरिन्। आजको कार्यक्रममा नेपालमा आयोजित द पोयट आइडलकी विजेता कवि नीलम गुरुङले पनि आफ्नो प्रस्तुति दिइन् भने विद्यार्थीहरूद्वारा कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।