दर्शकलाई फिल्म ‘हुक्का’को  ‘वाच एण्ड वीन’ अफर

00-1-Hookkaa-Watch-and-Win_FIN


टीआरआई समाचार  
काठमाडौं: यही शुक्रबारदेखि रिलिज हुने फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’ले रिलिजको छेकोमा पोखरास्थित अन्नपूर्ण केबल कार र उडी एडभेन्चरसँग सहकार्य गर्दै दर्शकका लागि ‘वाच एण्ड वीन’ अफर ल्याएको छ। यो अफरमा खल्तीको डिजिटल टिकेटिङ सहकार्य छ।
अफरअनुसार दर्शकले फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को प्रत्येक टिकट किन्दा अन्नपूर्ण केबल कार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। यो सुविधा नेपाल भरका दर्शकमा लागु हुने छ । त्यस्तै फिल्म हेर्न आउने दुईजनाले सेल्फीसँग फोटो हालेर ‘#nepalimoviehookah12’  लेखेर फोटो अपलोड गर्ने ६ जनाले उडी एडभेन्चर साइक्लिङ, स्वीङ र जिपलाइन, अन्नपूर्ण केवलकारको निःशुल्क टिकट र पोखराको सेदीस्थित कल्चर रिसोर्टमा २ दिनको लजिङ र फुडिङको सुविधा पाउनेछन्। यसका लागि दर्शकले फिल्मको काटेको टिकट सुरक्षित राख्नुपर्नेछ।
यो सुविधा असोज २८ गतेसम्म रहेको छ। शम्भु थापाको निर्देशन रहेको फिल्ममा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, अलिशा भोगको अभिनय छ। सन्तोषकुमार आत्रेयको कथा रहेको फिल्ममा सन्तोष र भगवान पौडेलको पटकथा छ। रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन्l फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन्।

About Author

Advertisement