सचितानन्द विश्वकर्मको पढ़ाईको सम्पूर्ण खर्च राज्य सरकारले उठाउने

IMG_20220623_141119.jpg

गान्तोक। रिनाक निवासी सचितानन्द विश्वकर्मले एनडीए परीक्षा उत्तीर्ण गरेकोमा, उनलाई बधाई दिॅंदै उनको पढ़ाईको सम्पूर्ण खर्च राज्य सरकारले उठाउने आश्वासन सिक्कमका मुख्यमन्त्री प्रेमसिंह तामाङले दिएका छन्।

मुख्यमन्त्री तामाङले आज आफ्नो आधिकारिक फेसबुक पेजमा सचितानन्द विश्वकर्मसॅंग फोटो साझा गर्दै उनलाई बधाई दिएका छन्। लोकबहादुर विश्वकर्मका सुपुत्र सचितानन्दले एनडीएको परीक्षा सर्व भारतीय स्तरमा २९१औं ऱ्याङ्कमा सफलतापूर्वक उत्तीर्ण गरेको उनले जानकारी दिएका छन्।

मुख्यमन्त्रीले उनको सम्पूर्ण शैक्षिक खर्च राज्य सरकारले उठाउने आश्वासन पनि दिएका छन्। उनले सचितानन्दलाई उनको जीवनको नयॉं अध्यायका लागि शुभेच्छा व्यक्त गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *