पुटुङ उच्च माध्यमिक विद्यालयमा तर्क एवं वाक् पटुता प्रतियोगिता सम्पन्न

00-1-Chheriya-Samachar-3

मिरिक: मिरिक महकुमाको पुटुङ उच्च माध्यमिक विद्यालयले आज अन्तर हाउस नेपाली तर्क प्रतियोगिता र अंग्रेजी वाक् पटुता प्रतियोगिता सम्पन्न भयो। विद्यालयका सह शिक्षक बलिराम तामाङको अध्यक्षता एव शिक्षक बरुण खवासको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत वक्तव्य, कार्यक्रमको उद्देश्य एवं तर्क प्रतियोगिता र वाक् पटुताको नियामावली कार्यक्रम संयोजक सह शिक्षक मनोहर शर्माले प्रस्तुत गर्दै यस कार्यक्रमले नानीहरुलाई अतिरिक्त ज्ञान प्राप्त हुने बताए। वाक् पटुता प्रतियोगिताका निर्णायकहरु सह शिक्षिका शान्ता मोक्तान, सृजना रसाइली, शिक्षक अभिषेक थापा,मन्दीप रिजाल थिए भने प्रत्येक हाउसबाट दुई दुई जनाले अंश ग्रहण गरेका थिए भने ग्रीन हाउसबाट योना जोगी र निकुञ्जा थापा क्रमैले प्रथम र दोस्रो,ब्लु हाउसबाट प्राशु प्रधान तेस्रो र रेड हाउसबाट श्रीजल तामाङ चौथो बनेर फाइनलमा प्रवेश गरे। तर्क प्रतियोगिता रेड हाउस र ब्लु हाउस माझ सम्पन्न भएको थियो जसको विषय ‘वर्तमान बिज्ञानको उपयोगले मानव सभ्यतामा हानी पुर्याएको छ/छैन’ रहेको थियो भने जसको पक्षमा रेड हाउस र बिपक्षमा ब्लु हाउसका विद्यार्थीहरुले तर्क प्रस्तुत गरेका थिए जसमा विपक्ष ब्लु हाउसले बिजय प्राप्त गरे भने उत्कृष्ट वक्ता ब्लु हाउसका क्षितिज शर्मा भए। यस तर्क प्रतियोगिताका निर्णायकहरु शिक्षक कैलाश खवास, बरदान राई, आदित्य राई र शिक्षिका नयनकला मोक्तान थिए भने पक्षमा योग्य जैरु दलनेता, रिया राई,नर्बु तामाङ र राज दर्जी अनि विपक्षमा प्रियाञ्जली राई दलनेत्री, रोजा थापा, क्षितिज शर्मा र राजा राई थिए। विद्यार्थीहरुले सुन्दर प्रस्तुति दिएकोमा खुशी व्यक्त गर्दै कार्यक्रम अध्यक्ष बलिराम तामाङले सार वक्तव्य प्रस्तुत गरि कार्यक्रम समापनको घोषणा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement