कार्बी आङलङ (असम): आज पश्चिम कार्बी आङलङ जिल्लाअन्तर्गत हवाइपुर दुर्गा मान्डव प्राङ्गणमा असम नेपाली साहित्य सभा पश्चिम कार्बी आङलङ जिल्ला समितिको आठौं कार्यकारिणी सभा अनुस्ठित हुन्छ। असम नेपाली साहित्य सभा पश्चिम कार्बी आङलङ जिल्ला समितिका सभापति लीला उपाध्यायले सभाको उदेश्य व्याख्या तथा सांगठनिक गतिविधि बारे विस्तृत जानकारी दिएl असम नेपाली साहित्य सभा पश्चिम कार्बी आङलङ जिल्ला समितिका मूलसचिव गणेश छेत्रीले सभामा अनेसास केन्द्रीय सल्लाहकार डम्बर दाहाल उपसभापति रमाकान्त पौडेल अनेसास पश्चिम कार्बी आङलङ जिल्ला समितिका कार्यकारी सभापति सुन्दर गिरी उपसभापति दुर्गा दाहाल, राजु कार्की अनेसास पश्चिम कार्बी आङलङ जिल्ला महिला प्रकोष्ठकी कार्यकारी सभानेत्री श्रीमती विनिता छेत्री उपसभानेत्री श्रीमती मनुमाया देवी मूलसचिवा श्रीमती ललिता लामा जिल्ला तथा महिला प्रकोष्ठका पदाधिकारगण, सदस्यहरू आजीवन सदस्य, सदस्या अनेसास विश्वनाथ जिल्ला समितिका सदस्य तथा कवि भुवन अधिकारीले आफ्नो स्वरचित नेपाली, मराठी हिन्दी, असमीया आदि विभिन्न भाषामा कविता वाचन गरेर सुनाएl
आजको सभामा केन्द्रीय सल्लाहकार डम्बर दाहाल उपसभापति रमाकान्त पौडेलले स्वर्ण जयन्ती वर्ष उपलक्ष्य मानव ग्रथ, साहित्यक पुस्तक प्रकाशन गर्ने बारे मूल्यवान भाषण राखे। आजको आठौं कार्यकारिणी सभाले जुलाई महिनाको पहिलो हप्तामा अनेसास पश्चिम कार्बी आङलङ जिल्ला समितिको छैठौं त्रैवार्षिक साधारण अधिवेशन गर्ने निर्णय लिइयोl सभापति लीला उपाध्यायले आफ्नो स्वरचित कविता वाचन गरेर सभापतिको वक्तब्य रहेको थियो भने मूलसचिव गणेश छेत्रीले कृतज्ञता ज्ञापन गरे।