दार्जिलिङ: दार्जीलिङ पुलिसले जन सुरक्षा साथै जनसेवा अभियानलाई सफलताको क्रममा हराएका मोबाइल फोनहरु ६० वटा खोजी गरेर निकालेपछि आज ती मोबाइलहरु मोबाइलको मालिकहरुलाई प्रदान गरिएको छ। दार्जीलिङ पुलिस कम्प्लेक्स टाउन अफिस भवनमा एक कार्यक्रमबीच ती मोबाइलहरु प्रदान गरियो। कार्यक्रममा दार्जीलिङ जिल्ला पुलिस अधीक्षक प्रबीन प्रकाश(आइपीएस), डीएसपी, डीआइबी टीटी भोटिया, सीआइ सदर भूषण छेत्री, डीआइओ वान सीएन भुटिया अन्य उपस्थित थिए। यसरी माया मारिसकेको मोबाइल फोनलाई पुलिस प्रशासनको कुशल सक्रियतामा पाएकोले हर्षित बन्दै ती मोबाइल मालिकहरुले पुलिस प्रशासन साथै जिल्ला पुलिस अधिक्षकलाई धन्यवाद दिएका छन्।