मङ्पू: पश्चिम बङ्गाल उच्चतर माध्यमिक शिक्षा बोर्डले २०२३ को उच्चतर माध्यमिक परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। यसवर्ष मङ्पू शारदा उच्चतर माध्यमिक विद्यालयबाट जम्मा ३१ जना परीक्षामा बसेका थिए जसमध्ये १५ जना प्रथम स्थानमा अनि १६ जना दोस्रो उत्तीर्ण गरेका छन् भने अनिश राई उच्चतर माध्यमिक परीक्षामा ८६ प्रतिशत अंक ल्याएर मङ्पूमा टपर बनेका छन्। यसरी मङ्पू रङबी ज्ञानपीठ उच्चत्तर माध्यमिक विधालयबाट २३ जनाले उच्च माध्यमिक परीक्षा दिएका थिए, जसमा १३ जना प्रथम अनि १० जना दोस्रो स्थान ओगट्न साथै सय प्रतिशत विधार्थी उतीर्ण भएका छन्।