उच्च माध्यमिक परीक्षामा तीनधारे महानदी समष्टिको विद्यालयहरूका असल परिणाम

00-1-Chheriya-Samachar-2

खरसाङ: यसपालीको उच्च माध्यमिक परीक्षामा तीनधारे महानदी समष्टिको विद्यालयहरूका परिणाम असल रहेको छ। तीनधारे महानदी समष्टिमा तीनधारे उच्चत्तर माध्यमिक विद्यालयबाट जम्मा ३५ जनाले यसपालीको उच्च माध्यमिक परीक्षा दिएका थिए जसमा ६ जना प्रथम दर्जामा उत्तीर्ण भएका छन् अनि ५ जना असफल भएका छन् भने अन्यहरू उत्तीर्ण भएका छन्। तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको उत्तीर्ण हुने दर ८८.२३ प्रतिशत रहेको छ। ६ जना प्रथम दर्जामा उत्तीर्ण हुनेहरूमध्ये रिया तामाङले ७५.२ प्रतिशत, शिवम मंगरले ७२ प्रतिशत र अभिषेक राईले ६६.४ प्रतिशत अंक प्राप्त गरेको तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको प्रधान अध्यापक देबेन्द्र लामाले जानकारी गराएका छन्। त्यसरी नै तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयबाट यसपाली जम्मा ३१ जनाले परीक्षा दिएका थिए जसमा सबैजना उत्तीर्ण भएका छन्। उत्तीर्ण हुने दर सय प्रतिशत रहेको छ। यस विद्यालयबाट ४ जना प्रथम दर्जामा अनि ९ जना दोस्रो दर्जामा उत्तीर्ण भएको जानकारी प्रधान अध्यापिका रोजीरानी राईले जानकारी गराएका छन्। उनले बताए अनुसार आकृति प्रधानले सर्वाधिक अंग्रेजी विषयमा ८१ अंक प्राप्त गरेका छन्। त्यसरी नै महानदी उच्चत्तर माध्यमिक विद्यालयको जम्मा १९ जनाले उच्च माध्यमिक परीक्षा दिएका थिए जसमा सबैजना उत्तीर्ण भएका छन्। महानदी उच्चत्तर माध्यमिक विद्यालयबाट ओमिका तामाङले ६९ प्रतिशत अंक ल्याएर प्रथम दर्जामा उत्तीर्ण भएका छन्। उनी सिविटार चियाबारी निवासी असीत तामाङ र अरुणा तामाङकी सुपुत्री हुन्। त्यसबाहेक पनि १६ जना दोस्रो दर्जामा अनि २ जना तेस्रो दर्जामा उत्तीर्ण भएको जानकारी प्रधान अध्यापक महेन्द्र छेत्रीले दिएका छन्। उनले बताए अनुसार महानदी उच्चत्तर माध्यमिक विद्यालयको पक्षबाट यसपाली उच्च माध्यमिक परीक्षा दिने पहिलो ब्याच हुन् भने यस विद्यालयले मामरिङ उच्चत्तर माध्यमिक विद्यालयको पक्षबाट परीक्षा दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement