सिलगढी: जुत्ताभित्र विशेष ठाउँमा जग्गा बनाएर अस्ट्रेलियाको सुन सिलगढीको बाटो हुँदै यूपीको गोरखपूरमा तस्करी गर्न अगावै सिलगढी डीआरआई टीमले उद्धार गरेको छ। तस्करीको आरोपमा तीनजना युवकलाई पनि पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा सरवन कसौधन (२३), अजय गुप्ता (२४) र आलोक कुमार (२०) सामेल छन्। यी मध्ये सरवन र आलोक उत्तर प्रदेश अनि अजय कोलकाता निवासी रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार डीआरआई-ले भोटाङबाट सिलगढीको बाटो हुँदै यूपीमा सुन तस्करी गर्ने योजना रहेको सूचना पाएर फाटापूकूर पानीकौरी टोल प्लाजा नजिक अभियान चलाएर सिलगढीतर्फ आइरहेको एउटा यात्री वाहनलाई रोके अनि त्यसमा सवार तीनजना युवकलाई हिरासतमा लिएर डीआरआई सिलगढीस्थित कार्यालयमा लिएर आए। यसपछि तीनै जनालाई पालै-पालो गरेर सोधखोज गरेपछि जुत्ताभित्र लुकाएर ल्याएको ४ वटा सुनको बिस्कुट उद्धार गयो। जसमा अस्ट्रेलियाको मार्का रहेको थियो। उद्धार गरेको सुनको ओजन २ किलो रहेको छ, जसको बजार मूल्य १ करोड़ २० लाख ४४ हजार रुपियाँ रहेको बताइएको छ।आज ती तीनै जना युवकलाई सिलगढी अदालतमा पेश गरियो।