५ जना प्रथम दर्जासहित अम्बियोक उमाविको १००% उच्चतर माध्यमिक परीक्षा परिणाम…

photocollage_2023524202225591.jpg

गोरूबथान: आज पश्चिम बंगाल उच्चतर माध्यमिक परीक्षा परिणाम घोषित भयो। परीक्षामा अम्बियोक उमाविको परिणाम प्रतिशत १००% रह्यो। प्राप्त जानकारीअनुसार ४२ (एकजनाले बिरामीको कारण परीक्षा दिएन।) जना परीक्षार्थीहरूमा रुक्सना विश्व (७०.२), सिद्धान्त विश्व (६८), प्रकृति राई (६८), रानु शर्मा (६१), एलिना लेप्चा (६०.४) आदि प्रथम दर्जामा उतीर्ण हुन सफल बनेका छन्। उच्च माध्यमिक परीक्षा ५ जना पहिलो दर्जासहित १००% उतीर्ण भएकोमा हर्ष प्रकट गर्दै विद्यालयका शिक्षक प्रभारी ललित राईलाई विद्यार्थीहरूलाई बधाई तथा आगामी भविष्यको निम्ति शुभकामना प्रकट गरेका छन्। तिनले नानीहरूको सफलतामा शिक्षक शिक्षिकाहरूको भूमिका पनि महत्वपूर्ण रहेको बताउँदै सबैप्रति कृतज्ञता प्रकट गरे। त्यसरी नै एफिलिएटेड विद्यालय बाग्राकोट उमाविका प्रधानाध्यापकलगायत सम्पूर्ण विद्यालय परिवारप्रति शिक्षक प्रभारीले आभार प्रकट गरे।
अर्कोतिर यस वर्षको माध्यमिक परीक्षामा उत्तीर्ण प्रतिशत ९२ रहे पनि दुइजना विद्यार्थीहरू ५८% लिएर पहिलो दर्जा हुनबाट चुकेको जानकारी गराउँदै ती सफल विद्यार्थी नानीहरूलाई पनि तिनले बधाई दिएका छन्।

About Author

Advertisement