कोविड़ सिक्किम: कोरोनाको २ नयाँ मामिला, १ जना भए कोरोनामुक्त

IMG_20210910_192109-1-2.jpg

गान्तोक: राज्यमा आज कोरोनाको २ वटा नयाँ मामिला अघि अएको र १ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। राज्यमा आज यो रोगले कसैको मृत्यु भएन।

स्वास्थ्य विभागले जानकारी गराए अनुसार हिजो कूल ११७ जनाले कोरोना जाँच गरेको मा, २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमितहरु मध्ये १ जना दक्षिण र अर्को १ जना पश्चिम सिक्किमबाट रहेका छन्। विभागले जारी गरेको कोरोनाको आंकडा अनुसार हाल राज्यमा १४ जना कोरोना रोगीहरू उपचारधीन रहेका छन्। आज कोरोना सकारात्मकता दर १.७ प्रतिशत दर्ता भएको छ। 

अहिलेसम्म राज्यमा ३७,९८२ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ३९,२०० जना कोरोना संक्रमित बनिसकेका छन्। हालसम्म यस रोगको कारण हालसम्म ४५३ जनाको मृत्यु भइसकेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *