कोकराझारः कोकराझार जिल्लाको अल राभा छात्र संस्था (आरसू) को नेतृत्वमा सैकड़ौं मानिसहरूले बुधवार गोसाइगाउँ उपखण्डको इस्लामपुरमा राष्ट्रिय राजमार्गलाई अवरूद्ध गरी प्रदर्शन गरे।
प्रदर्शनकारीहरूले पुलिस अधिकारी एसआई जोनमणि राभाको संदिग्धावस्थामा भएको मृत्युको जाँच गराउने र दोषीहरूलाई दण्डित गर्ने माग गरिरहेका थिए। प्रदर्शनकारीहरूले नारा लगाउँदै दोषीहरू र एसपी लीला दलैलाई पनि पक्राउ गर्ने माग गरे।
-हिस










