अण्डर-१४ बोइज लीगः हिल्स एफए र जेआर३२ एफए-बीच म्याच ड्र

IMG-20230524-WA0210.jpg

२४ मईः खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित महकुमा स्तरीय अण्डर-१४ बोइज फूटबल लीगमा हिल्स फूटबल एकाडमी र जेआर३२ फूटबल एकाडमीबीच खेलिएको नवौं म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो । स्थानीय चानमारी खेल मैदानमा बुधवार भएको म्याचमा दुवै टीमले लगातार प्रयास गरे पनि गोल गर्न सकेन। आजको म्याचमा मुख्य रेफरी नितेश देवान रहेका थिए। यसरी सहायकको रूपमा सुरेन गुरुङ र प्रतीक गुरुङ रहेका थिए। फोर्थ अफिसियल अरविन्द छेत्री थिए। खरसाङ महकुमाबाट जम्मा ५ वटा टीमले लीगमा हिस्सा लिएको छ। यसमा हिल्स फूटबल एकाडमी, जेआर३२ फूटबल एकाडमी, हिमाली बोर्डिंग स्कूल, कार्मेल हाई स्कूल र पुष्परानी रोय मेमोरियल हाई स्कूल सामेल छ। यसबीच गत २१ मईको दिन हिल्स फूटबल एकाडमी र पुष्परानी रोय मेमोरियल हाई स्कूलबीच वर्षाले गर्दा स्थगित गरिएको म्याच अब २८ मईमा खेलिनेछ। म्याच दिउँसो १ बजीदेखि शुरु हुनेछ। त्यही दिन विजेता र उपविजेता टीमलाई पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement