सिलगढ़ीः खोरीबाड़ीको भारत-नेपाल सीमा अन्तर्गत पानीटङ्कीको गौरसिङजोतमा मंगलवार अबेर राति गोलीबारीको घटनाले हड़कम्प मच्यो। सूचना पाएपछि खोरीबाड़ी थाना पुलिस घटनास्थलमा पुग्यो र एक आरोपितलाई पक्राउ गऱ्यो।
जानकारी अनुसार, हिजो राति पानीटङ्कीको गौरसिङजोत गाउँमा एक युवक संजीव बर्मनले स्थानीय निवासी अनन्त बर्मनकी पत्नीको नाममा अपशब्द बोलेका दिए। पत्नीको नाममा अपशब्द सुनेर अनन्तले युवकमाथि हातपात गरे। जसपछि प्रतिशोध लिनका लागि संजीव र उसका साथीहरूले अनन्त बर्मनलाई खोज्दै उसको ससुरालीमा हमला गरे।
संजीव र उसका साथीहरूले स्कूटीले घरको ढोकालाई हिर्काउँदै घरमा पस्ने प्रय़ास गरेको र बन्दूकको बलमा तोड़फोड़ गरेको आरोप छ। यस घटनाले क्षेत्रमा सनसनी फैलियो। गाउँलेहरूले संजीव र उसका साथीहरूलाई रोक्ने प्रयास गर्दा हावामा अन्धाधुन्ध गोलीबारी गरे।
खबर लेखिञ्जेलसम्म खोरीबाड़ी थाना पुलिस र स्थानीय पंचायत सदस्य कृष्ण राय घटनास्थलमा पुगे। घटनामा पुलिसले एक स्कूटी जफत गरेको छ। आरोपित संजीव बर्मनका साथी सत्येन बर्मनलाई पक्राउ गरिएको छ। खोरीबाड़ी थाना पुलिस घटनाको जाँचमा जुटेको छ। पंचायत सदस्यहरूले दोषीहरूलाई कठोरभन्दा कठोर सजाय दिने माग गरेका छन्।
-हिस