प्रधानमन्त्री मोदीले द्विपक्षीय वार्तामा उठाए मन्दिरहरूमाथि हमलाको मुद्दा

moan_143

नयॉं दिल्लीः प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीजबीच बुधवार द्विपक्षीय वार्ता भयो। प्रधानमन्त्रीले यस अवधि अस्ट्रेलियामा मन्दिरहरूमाथि भइरहेको हमलाको मुद्दा उठाए। साथै अस्ट्रेलियाका प्रधानमन्त्रीलाई भारतमा हुने क्रिकेट विश्व कपको निम्ति आमन्त्रित गरे। प्रधानमन्त्री मोदी तीन देशहरूको यात्राको अन्तिम चरणमा सोमवार अस्ट्रेलिया पुगेका थिए। आज प्रधानमन्त्रीको औपचारिक स्वागत गरियो। उननसई सिडनीमा एडमिरल्टी हाउसमा सेरेमोनियल गार्ड अफ् अनर दिइयो। यसपछि, उनले अस्ट्रेलियाका समकक्ष एन्थनी अल्बनीजसॅंग द्विपक्षीय बैठक गरे।

बैठकपछि दुवै नेताहरूले साझा बयान जारी गरे। यसावधि प्रधानमन्त्री मोदी र एन्थनी अल्बनीस दुवै देशबीच सम्झौता ज्ञापनहरूको आदान-प्रदानको साक्षी बने। साझा बयानमा प्रधानमन्त्री मोदीले यस अघि पनि अस्ट्रेलियाका मन्दिरहरूमा भइरहेका हमलाको मुद्दा उठाइसकेको बताए। उनले भारत-अस्ट्रेलियाबीच मैत्रीपूर्ण र मधुर सम्बन्धहरूलाई नोक्सान पुऱ्याउने तत्वहरूलाई सहन गरिने छैन भनी बताए। अर्कोतिर, अल्बनीसले एकपल्ट फेरि भविष्यमा पनि यस्ता तत्वहरू विरूद्ध कड़ा कारबाहीको आश्वासन दिए। प्रधानमन्त्री मोदीले भने, दुई देशबीच सम्पर्क सम्बन्धहरूमा निकै तीव्रता आएको छ। उनले क्रिकेटको भाषामा भने, अब यो टी-२० मा हिड्न थालेको छ। उनले यो वर्ष भारतमा हुने क्रिकेट विश्व कपको निम्ति प्रधानमन्त्री र अस्ट्रेलियाका जनतालाई भारतमा आउन आमन्त्रित पनि गरे। उनले यसावधि दिवालीको उत्सव हेर्ने अवसर पनि पाउने बताए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement