हजारौं समर्थकहरूका साथमा प्रदर्शनकारी पहलवानहरूको इण्डिया गेटसम्म मार्च

IMG-20230524-WA0150.jpg

२४ मईः भारतीय कुश्ती महासंघ (डब्ल्यूएफआई) का पूर्व अध्यक्ष बृजभूषण शरण सिंहलाई पक्राउ गर्ने मागको साथ विरोध प्रदर्शन गरिरहेका पहलवानहरूले २८ मईको दिन नयाँ संसद भवन बाहिर निर्धारित महापञ्चायतको नेतृत्व महिला अनि युवाहरूद्वारा गरिने अनि धरना प्रदर्शनलाई लिएर अघिल्लो कार्वाहीबारे कुनै ठूलो फसेला त्यहीँ लिने अठोट गरेका छन्। यसबीच पहलवानहरूले हजारौं समर्थकहरूका साथ भारी सुरक्षाबीच जन्तर-मन्तरदेखि इण्डिया गेटसम्म मार्च गरे। यस अवधि उनीहरूले बृजभूषणलाई पक्राउ गरिनु पर्ने मागको साथ नारा पनि लगाए। यस मार्चमा ओलम्पिक पदक विजेता बजरंग पूनिया र साक्षी मलिकको साथमा एशियाई खेलहरूमा स्वर्ण पदक विजेता विनेश फोगाटसहित प्रदर्शनकारी पहलवानहरू सामेल थिए। पहलवानहरूले बृजभूषणमाथि एकजना नाबालिगसहित धेरैजना महिला पहलवानलाई यौन उत्पीड़नको शिकार बनाएको आरोप लगाएका छन्।

पहलवान र उनीहरूका समर्थकहरूले अत्याधिक गर्मी अनि साँझपख धुलोले भरिएको आँधीको सामना गर्दै शान्तिपूर्ण ढंगले इण्डिया गेटसम्म मार्च गरे। यस अवधि मानिसहरूका हातमा तिरंगा रहेको थियो अनि सबैले बृजभूषण विरुद्ध कठोर कार्वाहीको माग गरे। विनेश, बजरंग र साक्षीले इण्डिया गेट नजिक पुलिसको एउटा ब्यारिकेडमाथि चड़ेर मानिसहरूलाई सम्बोधित गरे। विनेशले भनिन्, गत एक महिनादेखि हामी विरोध (सरकारद्वारा बृजभूषण विरुद्ध कार्वाहीको निम्ति) गरिरहेका छौं तर आजसम्म केही भएको छैन। यो लाजमर्दो कुरा हो। आज हामीले इण्डिया गेटसम्म मार्च निकाल्यौं अनि देशको धेरै हिस्सामा यस्तो मार्च निकालिएको हामीलाई पत्तो लागेको छ।

हामीलाई अहिले पनि न्यायको आशा रहेको छ। खाप पञ्चायतले निर्णय लिए अनुसार, २८ मईको दिन नयाँ संसद भवन नजिक महिला र युवाहरूका नेतृत्वमा महापञ्चायत हुनेछ। यो महिलाहरूका अखण्डता र सम्मानको कुरा हुनाले यस्तो फसेला गरिएको छ। यस विरोध प्रदर्शनलाई लिएर कुनै ठूलो फसेला २८ मईपछि लिइनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement