२४ मईः चारपल्टको च्याम्पियन चेन्नई सुपर किंग्सले इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को फाइनलमा स्थान बनायो। मंगलवार राति गुजरात टाइटन्सलाई १५ रनले पराजित गरी एमएस धोनीको कप्तानीमा रहने टीम रेकर्ड दशौंपल्ट फाइनलमा पुग्यो। म्याच जित्नको साथै कप्तान धोनीले सन्न्यासलाई लिएर पनि मुख खोले। उनले चेन्नईका प्रशंसकहरूलाई खुशी बनाएका छन्। धोनीले उनी कुनै दिन सन्न्यास लिए पनि चेन्नईको टीममै रहने बताए। धोनीले भने, मैले आफ्नो आईपीएल करियरलाई लिएर अहिले नै कुनै फसेला गरेको छुइनँ। फसेला गर्नको निम्ति अहिले मसँग ८-९ महिनाको समय रहेको छ। अहिले नै टाउको दुखाउने कारण छैन। यसको साथमा धोनीले मैदानभित्र खेल्नु होस् या बाउण्ड्री बाहिर बस्नु होस्, उनी चेन्नईको साथ नै रहन चाहने पनि स्पष्ट गरे। धोनीले भने, म सीएसके-को निम्ति सदा त्यहाँ रहनेछु। चाहे त्यो मैदानमा खेल्दै होस् या बाहिर बसेर नै।
धोनीले भने, यो २ महिनाको कठोर मेहनतको नतीजा हो। सबैले योगदान दिए। मध्यक्रमलाई पर्याप्त मौका प्राप्त नभएको कुरा पनि सही हो। जीटी (गुजरात टाइटन्स) एउटा असल टीम हो अनि उनीहरूले लक्ष्यलाई असल तरिकाले पिछा गरे। यस मैदानमा टस हार्नु असल रह्यो। यहाँको जस्तो परिस्थिति र विकेटबाट सहायता प्राप्त भए जडेजा जस्तो बलर विरुद्ध आक्रामक शट्हरू खेल्नु सजिलो हुँदैन। उनको बलिंगले खेल बद्लियो। मोइनसँग उनको पार्टनरशीपलाई भुल्नु हुँदैन।
टीमका पेस बलरहरूबारे धोनीले भने, हामी केवल एउटा माहोल बनाउने प्रयास गर्छौं अनि एकजना पेस बलरको ताकत के हो भन्ने पत्तो लगाउँछौं। हामी बलरहरूलाई आत्मविश्वास दिने प्रयास गर्छौं। बलिंगमा विविधता ल्याउनेबारे चर्चा गर्छौं। टीममा खेलाड़ीहरूलाई प्रोत्साहित गर्नु मुख्य काम हो। सपोर्ट स्टाफ छन्, ब्राभो र एरिक छन्। सबैले खेलाड़ीहरूलाई उत्साहित गर्छन्। मार्गदर्शन गर्छन्। यसबाहेक विकेटको मिजासलाई बुझेर फील्डलाई एडजस्ट गर्नु पनि महत्त्वपूर्ण हुन्छ। म खेलाड़ीहरूलाई सताउने कप्तान हूँ। म आफ्ना फील्डरहरूलाई आवश्यकता अनुसार बारम्बार २-३ फीट अघि-पछि हुने निर्देश दिन्छु। सबैलाई मेरो निर्देशमा ध्यान दिनु भन्छु। फील्डिंगमा गल्ती हुनु स्वाभाविक कुरा हो तर गल्ती बारम्बार भए टीमलाई नोक्सान हुन्छ।