एसकेएम पार्टीको समन्वय सभा सम्पन्न

IMG-20230523-WA0246.jpg

चामलिङको भ्रामक भाषणमाथि विश्वास गर्न हुँदैन्: पबित्र मानव

गेजिङ: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको क्षेत्र स्तरीय समितिको आयोजनामा ग्राम प्रशासन स्तरीय धारावाहिक समन्वय सभा सम्पन्न भइरहेको छ। यसै क्रममा मानेबुङ – देन्ताम क्षेत्रको साङ्खु – रदु- खाण्डु ग्राम पञ्चायत एकाइमा सम्पन्न भएको समन्वय सभाको अध्यक्षता पार्टीका राज्यस्तरीय संगठन सचिव एवं जोरथाङ नगर पञ्चायतका अध्यक्ष पवित्र मानवले गरेका थिए भने साथमा क्षेत्र प्रभारी पुर्णहाङ सुब्बा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। सभामा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको धारावहिक पार्टीको सांगठनिक कार्यक्रमलाई जनता सामु सरकारको योजना र जन सरोकार आदन-प्रदान गर्नुपर्ने विषयमाथि छलफल गरियो। एसकेएम पार्टीको सरकार गठन भएपछि वार्ड अनि ग्रामस्तरमा के कस्तो काम भएको छ भन्ने बिषयमा वार्ड साथै जिल्ला पन्चायतहरुले आफ्नो अनुभव साझा गरेका गरे। ग्रामीण जनताले सरकारबाट अपेक्षा गरेका ग्रामीण योजनाहरु क्रमबद्ध रुपमा वार्डका जनताले राखे। यसबाहेक आर्थि, नैतिक, शैक्षिक सामाजिक बिकाससँगै व्यक्तिगत विकासका मागहरू सभामा राखियो। सभामा आफ्नो कुरा राख्दै क्षेत्र प्रभारी पुर्णहाङ सुब्बाले क्षेत्रको समग्र बिकासको साझा गरे। चार वर्षको कार्यकालमा भएको विकास अनि आगामी दिनमा शुरू गरिने पुर्वधार विकासबारे जानकारी गराए। ग्रामीण विकास गर्न सबैले सरकारसँग मिलेर काम गर्न सुझाव दिदै आगामी चुनावमा मानेबुङ – देन्ताम क्षेत्रबाट सरकारलाई भारीमतले बिजयी गराउने कटिबद्ध रहेको बताउँदै मुख्यमन्त्रीको कुशल नेतृत्वको कदर गरेर क्षेत्रको विकासलाई निरन्तरता दिनुपर्ने सुझाउ दिए। सभामा संगठनका महासचिव पश्चिम जिल्ला सुदेश सुब्बा, जिल्ला पञ्चायत उपाध्यक्ष अनिता राई, पुर्व विधायक दिपक गुरुङ, लगायत अन्यले पनि सम्बोधन गरेका थिए। यसै क्रममा सभाअध्यक्ष एवं पार्टीका राज्य स्तरीय संगठन सचिव पवित्र मानवले सिक्किम क्रान्तिकारी मोर्चा पार्टी एक संस्थागत पार्टी रहेको कारण सबै कार्यक्रमलाई जनतासम्म साझा गर्न यो कार्यक्रमको आयोजना गरेको बताए। संगठनले समग्र जनताको हित र ग्रामीण क्षेत्रको विकासमा योगदान पुऱ्याउने गरेको अवगत गराए। पार्टी कार्यकर्ताले पनि आफ्नो जिम्मेवारी लिएर काम गर्ने सुझाव दिए। पार्टीको कार्यक्रम गर्दा जनतासँग समन्वय राखेर गरेको खण्डमा कार्यक्रम फलदाय रहने बताए। पूर्व सरकारमा जनताको कुनै सुझाव बिनानै हैकमबादीहरुले राज गरेको आरोप लगाए। तर आज सिक्किम क्रान्तीकारी मोर्चा पार्टीको सरकार बने पछि हैकमबादको राजलाई निर्मूल पार्दै अघि बढिरहेको जानकारी गराए। हिंसा र हत्या गर्ने त्यसताकको चामलिङ सरकारलाई मास्न एसकेएम पार्टीको गठन भएको बताए। सिक्किममा अन्याय र अत्यचारको बिरोध गर्न क्रान्तिबादको नारा लिएर सरकारमा आएको उनले जनाए।त्यसताकको तानाशाही सोँच बोकेर बदलाको भावना लिएर सरकार चलाउनेहरुको अब अन्त भइसकेको उनले अवगत गराए। गाउँ घरका सोझा साझा जनतालाई झुठो एलोटमेन अर्डर , झुक्याउने, गरिबलाई हत्या र हिँसा गर्न लगाएर आपसमा झगडा गराएर आफू सोझो भएर सरकार चलाउने चामलिङमाथि अब जनता भ्रममा नपर्ने आग्रह गरे। मुख्यमन्त्री प्रेम सिंह गोलेको नेतृत्वमा चलेको सरकाले छोटो कार्यकालमै नै धेरै काम गरेको दावी गरे। सरकाले शैक्षिक आर्थिक, सामाजिक, नैतिक, भौतिक, धार्मिक लगायत विभिन्न क्षेत्रमा काम गरिरहेको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *