श्रीजङ्गा पवित्र गुफाको संयुक्त भ्रमण

IMG-20230523-WA0255.jpg

गेजिङः लोवर मार्तमस्थित श्रीजङ्गा पवित्र गुफाको हिजो संयुक्त भ्रमण गरियो। यस भ्रमणमा मन्त्री एलएन शर्मा, सांसद इन्द्रहाङ सुब्बा, जिल्ला अध्यक्ष डीएस लिम्बू, आईपीआर विभागका सल्लाहकार बिरेन्द्र तामलिङ, शिक्षा विभागका सल्लाहकार एमपी सुब्बा, एनएचआईडीसीएल तथा अन्यहरू सामेल थिए। यसावधि घैयाबारी, लोअर मार्तममा निर्माणाधीन राजमार्गका उत्पन्न समस्यालाई लिएर चर्चा गरिएको थियो। निर्माणाधीन सड़क मार्गबाट ढुङ्गा र माटो महात्मा श्रीजङ्गा गुफा र झरनामा झर्ने गरेको बताइएको छ। सल्लाहकार सुब्बाले एनएचआईडीसीएललाई यस सम्बन्धमा अविलम्ब आवश्यक कदम उठाउन लगाए।

वर्तमान सड़कलाई रोकेर गुफादेखि कम्तिमा १०० फुट पर पुनर्निर्माण गर्नुपर्ने लिम्बू संघको माग पुनः दोहोऱ्याइएको छ। जसपछि, सडक एवं पुल विभाग र एनएचआईडीसीएलद्वारा संयुक्त सर्वेक्षण गर्ने निर्णय लिइएको छ। सर्वेक्षण रिपोर्ट सरकार र सम्बन्धित केन्द्रिय निकायमा द्रुत स्वीकृतिका लागि पठाइने छ। मन्त्री शर्माले मुख्यमन्त्रीप्रति आभार व्यक्त गर्दै उनकै निर्देशमा सम्बन्धित निकायहरूले स्थल भ्रमण गर्नुका साथै बैठक सम्पन्न भएको बताए। उनले हालैमा सम्पन्न भएको बजेट सत्रमा धनराशि आवण्टन गरिएको जानकारी गराउॅंदै यस समस्याको चॉंडो समाधान गरिनु पर्छ भनी बताए। उनले एनएचआईडीसीएललाई आगामी मनसून अगावै झरेका ढुङ्गा, हिलो-माटो सफा गर्न निर्देश दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement