चण्डीगढ़ः अमृतसरको भारत-पाकिस्तान सीमास्थित बीओपी राजाताल अन्तर्गत सीमावर्ती गाउँ भैणी राजपूतानामा बीएसएफले सोमवार राती फेरि अर्को पाकिस्तानी ड्रोनलाई ध्वस्त बनाएको छ। बीएसएफले ड्रोनबाट १४ करोड़ रुपियाँको हेरोइन फेला पारेको छ। बीएसएफ जवानहरूले चार दिनमा ध्वस्त बनाएको यो पाँचौ ड्रोन हो।
अमृतसरको बीओपी राजाताल अन्तर्गत सीमावर्ती क्षेत्रमा बीएसएफको १४४ बटालियनका जवानहरूले पेट्रोलिङ गरिरहेका थिए। यसै क्रममा राती लगभग १० बजे भैणी राजपूताना गाउँमा ड्रोनको आवाज सुनियो। ड्रानको आवाज सुनेर जवानहरूले ड्रोनमाथि फायरिङ गरे। केही समयपछि ड्रोनको आवाज सुनिन छोड़्यो। त्यसपछि जवानहरूले सम्पूर्ण क्षेत्रलाई सील गरी खोजी अभियान शुरू गरे। बीएसएफका कमाण्डेन्ट अजय कुमार मिश्राले बताए, खेतहरूको बीचमा ड्रोन झरेको छ। ड्रोनको पछाड़ि बाँधिएको एउटा थैलामा रहेको दुईवटा प्याकेटबाट २.१ किलोग्राम संदिग्ध हेरोइन फेला पारिएको छ जसको मूल्य अन्तरराष्ट्रीय बजारमा लगभग १४ करोड़ रुपियाँ छ।
-हिस