प्रधानमन्त्री नरेन्द्र मोदी ३१ मईमा अजमेर आउनेछन्, जनसभालाई सम्बोधन गर्ने

nat-2

अजमेरः केन्द्रमा नरेन्द्र मोदी सरकारको नौ वर्ष पूरा भएको अवसरमा अजमेरमा आगामी ३१ मईको दिन जनसभा आयोजना भइरहेको छ। यस आयोजनलाई लिएर तयारी शुरू भइसकेको छ। कार्यक्रममा आफ्नो उपस्थिति दर्ता गराउन प्रधानमन्त्री नरेन्द्र मोदी आगामी ३१ मईमा अजमेर आइरहेका छन् भने प्रधानमन्त्रीको आगमनलाई ध्यानमा राखेर भाजपाले तयारी शुरू गरेको छ। सांसद भागीरथ चौधरीले बताए, मोदी सरकारको नौ वर्ष पूर्ण भएको उपलक्ष्यमा सरकारको कामकाजको लेखा-जोखा जनता समक्ष राखिनेछ। यस अवसरमा मोदीले केही उपहारहरू पनि दिन सक्छन्। यस अवधि लोकार्पण र शिलान्यासको कार्यक्रम पनि आयोजन हुनसक्छ। भाजपाका संगठन महामन्त्री चन्द्रशेखर, सांसद भागीरथ चौधरी औ भाजपा शहर अध्यक्ष रमेश सोनी समेत केही नेताहरूले सोमवार कायड़ विश्राम स्थलीको जायजा लिएका छन्। प्रधानमन्त्री मोदी वर्ष २०१९- मा अजमेर आएको बेला कायड़ विश्राम स्थलीमै मोदीको जनसभा सम्पन्न भएको थियो भने यसपालि पनि यहीँ उनको जनसभा हुने निश्चित भएको छ।

राज्यमा यस वर्ष विधानसभा चुनाउ प्रस्तावित छ। यसलाई मध्यनजर गर्दै पार्टी हाईकमानको पूर्ण नजर राजस्थानमै केन्द्रित भएको छ। भाजपा वर्ष २०२४-को लोकसभा चुनाउपूर्व राजस्थान, मध्य प्रदेश औ छत्तीसगढ़को सत्तामा पुनः कब्जा जमाउन चाहन्छ। यसैलाई केन्द्र गरेर प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाहको अधिकभन्दा अधिक ऱ्यालीहरू यी राज्यहरूमा प्रस्तावित छन्। हाल यी राज्यहरूमा कंग्रेसको सरकार छ र प्रत्येक पाँच वर्षमा यहाँ सत्ता परिवर्तन हुँदै आएको छ। यसैले पनि भाजपाले आफ्नो तयारीमा कुनै कसर बाँकी राख्न चाहँदैन। कर्नाटक विधानसभा चुनाउमा नराम्रो घतले हारेपछि भाजपा हाईकमानको सम्पूर्ण बल यस वर्षको अन्तमा हुने विधानसभा चुनाउहरूमा केन्द्रित भएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement