महाराष्ट्र: बुलढ़ाणा जिल्लामा बस-ट्रकमाझ भएको भिड़न्तमा ८-को मृत्यु, १३ घाइते

accd_950

मुम्बईः बुलढ़ाणा जिल्लाको नागपुर-पुणे हाइवेमा सिंधखेड़ाराजा तहसीलको पलासखेड़ चक्का गाउँ नजिक मङ्गलवार बिहान एसटी बस र ट्रकमाझ भएको भयंकर भिड़न्तमा आठजनाले ज्यान गुमाएका छन्। यस दुर्घटनामा गम्भीर रूपमा घाइते तेह्रजना यात्रीहरूलाई सिन्दखेदराजा ग्रामीण अस्पतालमा भर्ती गराइएको छ।

पुलिस अनुसार एसटी बस सम्भाजीनगरबाट वाशिम तर्फ गइरहेको थियो। यसै क्रममा बिहान लगभग छः बजे एसटी बस अनियन्त्रित भएर ट्रकसित ठोक्किन पुग्यो। यस दुर्घटनामा घटनास्थलमै पाँचजनाको मृत्यु भयो भने तीनजनाको अस्तपालमा मृत्यु भएको छ। सिन्धखेड़ा राजा ग्रामीण अस्पतालमा अन्य तेह्रजना घाइते यात्रीहरूको उपचार भइरहेको छ।

यीमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको बताइएको छ। अहिलेसम्म मृतक अनि घाइतेहरूको पहिचान हुन सकेको छैन। पुलिस घटनाको जाँचमा जुटिसकेको छ। दुर्घटनामा बस अनि ट्रक दुवैलाई धेरै क्षति पुगेको छ। घटनाको जाँच सिन्धखेड़ा पुलिस स्टेशनको टीमले गरिरहेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement