फूटबल खेलाड़ीहरूलाई उपहार प्रदान

346aec62-d8b1-47a7-8dd6-9a9253bc4709

कालचिनीः विगत २०२२ मा चियाबारी र बनबस्तीका युवाहरूलाई लिएर डुवर्स कपको आयोजना गरीएको थियो भने सो खेलको फाइनल म्याचमा कुमारग्राम बनाम कालचिनीबीच रोमाञ्चक खेल सम्पन्न भएको थियो। सो म्याचमा कुमारग्राम ब्लक डुवर्स कपको विजेता भएको थियो भने कालचिनी ब्लक उपविजेता। यसै क्रममा कालचिनी ब्लकको फूटबल खेलाड़ीहरूले गत केही दिन अघि तृणमूलको नयाँ ज्वार कार्यक्रममा डुवर्स आईपुगेका सांसद तथा महासचिव अभिषेक ब्यानर्जी समक्ष केही मदत गर्ने निवेदन गरेको थियो। सो निवेदनलाई सुनेर कलकत्ताबाट महासचिव अभिषेक ब्यानर्जीले प्रायः १९ जना खेलाड़ीहरूलाई केही उपहार पठाएकोले मङ्गलबार तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बडाइकको उपस्थितिमा कालचिनी ब्लक तृणमूल कार्यालयमा १९ जना फूटबल खेलाड़ी लाभार्थीहरूलाई उक्त उपहार प्रदान गरियो।
यस अवसरमा तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बड़ाइक लगायत कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँव, छात्रा नेता हैदर अली अन्सारी, युवा नेता पवन योल्मो, तृणमूल नेता हैदर अली अन्सारी एवम् अन्यान्य नेतृत्वहरूको उपस्थिति रहेको थियो। सांसद तथा महासचिव अभिषेक ब्यानर्जीले कोलकाताबाट यी फूटबल प्रतिभाहरूलाई उत्साह प्रदान गर्न उपहार पठाएको र भविष्यमा यी फूटबल प्रतिभाहरूले अझै असल प्रदर्शन गर्न सकोस र तृणमूल सरकार यी खेलाड़ीहरूको सम्वर्द्धनमा सदैव लागि पर्ने जिल्ला सभापति प्रकास चीक बड़ाइकले जनाएका छन्। यता यो उपहार पाएर खेलाड़ीहरू सबै हर्षित भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement