के-लीगः युनाइटेड ब्रदर्सको पाँचमा पाँच

photocollage_202352319205573.jpg

२३ मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा युनाइटेड ब्रदर्सले लगातार पाँचौं जीत हासिल गऱ्यो। स्थानीय मेला ग्राउण्डमा मंगलवार खेलिएको म्याचमा युनाइटेड ब्रदर्सले बोंग एफसी-लाई ६-१-ले पराजित गऱ्यो। म्याचमा विजेता टीमबाट कप्तान सोनम लेप्चा र सौरभ तामाङले २-२ गोल गरे। यसबाहेक देवाशिष राई र विशाल छेत्रीले १-१ गोल गरे। यसरी बोंग एफसी-बाट एडवार्ड लेप्चाले १ गोल गरे। विजेता टीमका विक्रम लिम्बुलाई प्लेयर अव् द म्याच चयन गरियो। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।

यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन एफसी, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement