मेचपाड़ा चियाबारीको बासिन्दाहरूले नदीमा बाँध लगाउन लगाए गुहार

beaabc9d-d124-460f-9721-ef4d175aece2

कालचिनीः अब मानसून अर्थात बर्षाकाल आईरहेछ। बर्षामा डुवर्सको नदी नाला र झोड़ा अनि खोलाहरूमा उफान आउनाले नदी र खोलाको सुरक्षा बाँधहरू भत्किने नदीको पानी प्लावित भएर गाउँ घरहरुमा पस्नाले बाढ़को चपेटमा गाउँ डुब्ने विकराल समस्या उत्पन्न हुने गर्छ। यस्तै समस्याको शिकार हुँदै आईरहेका छन् कालचिनी खण्डको मेचपाड़ा चियाबारीको बासिन्दाहरू।
बासरा र पाना नदीले गत बर्ष चुवापाड़ा स्थित पुरानो एयर फील्ड मैदान भत्काएर खोला बनाएपछि सो खोलाको पानी जम्मै मेचपाड़ा ९ नम्बर, पक्का लाईन र नीचे लाईन पस्दा पुरै गाउँ बाढ़को चपेटमा परेको थियो।
मानिसहरूको घर घरमा पानी पस्नाले मानिसहरू रातभरी जागो बस्न कर लागेको थियो भने चुल्हा फुकेर खाना बनाई खान पनि मानिसहरूलाई हम्मे परेको थियो। यसरी नदीको कटावले गाउँ नै डुबाउमा पर्ने आशङ्कालाई ध्यानमा राखेर बर्षा शुरु हुन अघि गाउँलेहरूले तुरन्तै पानीको बहाव गाउँमा पस्न नदिन पाना र बासरा नदीमा सुरक्षा बाँधको निर्माण गरिदिने माग लिएर मङ्गलबार कालचिनी बीडीओ कार्यालय आईपुगेका थिए।
मेचपाड़ा चियाबारीको बासिन्दाहरू किरण गुरुङ, रिना लामा, हिमाल लामा, शोभा लामा, कमला लामा, मङ्गलसिंह लामा एवम् अन्यान्य गाउँलेहरूले बाढ़को समस्यालाई प्रशासनले चाँढ़ो भन्दा चाँढ़ो समाधान गरीदिने दाबी लिएर बीडीओ समक्ष दाबी गरेको जनाएका छन्। गत बर्ष जति क्षति बाढ़ले गाउँलेलाई पुऱ्याएको थियो त्यो भन्दा धेरै यसपाली क्षति हुने सम्भावना देखिएको गाउँलेहरूले आशङ्का गरेका छन्। पाना नदीले गत बर्ष चुवापाड़ाको पुरानो एयरफील्ड भत्काएर जम्मै नदीको बाटो फेरेको छ भने अहिले त्यहाँ सुरक्षा बाँध नबाने झन भयावह रुपमा नदीले बाटो बनाएर सोझै मेचपाड़ा ९ नम्बर, पक्का लाईन र नीचे लाईनलाई बाढ़को चपेटमा लिने अत्यधिक सम्भावना रहेको गाउँलेहरूले जनाएका छन्। तथापि जिल्ला प्रशासन सुत्रले बताए अनुसार डुवर्सको रायडक, जयन्ती, डिमा, पाना र बासरा नदीहरूमा बाँध निर्माणको काम पारित भएको र यो चाँडै सम्पन्न हुने बताईएको छ। यद्यपि यता कालचिनी ब्लक प्रशासन सुत्रले यो समस्याको समाधान जिल्ला स्तरबाट सम्भव हुने र यसको जानकारी उच्च अधिकारी समक्ष प्रेषित गर्ने जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement