भागोप्रमोको सभा सम्पन्न

IMG-20230523-WA0192.jpg

तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रहरूमा हुने कार्यहरूका शिलान्यास गरिने

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभा क्षेत्रीय सभासद नवराज छेत्रीको उपस्थिति अनि युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राईको अध्यक्षतामा घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ। उक्त सभामा भागोप्रमो तीनधारे महानदी समष्टिको २२ वटै बुथहरुका पदाधिकारीहरू र समष्टीका पदाधिकारीहरूलाई लिएर सम्पन्न भएको छ। सभालाई सभासद नवराज छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा लगायत अन्यहरूले सम्बोधन गरेका थिए। सभामा विशेष गरी आगामी २८ मईको दिन तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रहरूमा हुने जल जीवन योजनाको कार्यहरू र सभासद फण्डको कार्यहरूको विधिवत शिलान्यास कार्य विषयमा चर्चा परिचर्चा गरिएको छ। उक्त सभामा तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रहरूमा हुने कार्यहरूका शिलान्यास कार्य जीटीए चिफ् एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाको बाहुलीबाट गरिने भएकोले समष्टीका सबैलाई उपस्थित भईदिने अनुरोध गरिएको छ। उक्त शिलान्यास कार्यक्रममा ख्यातिप्राप्त गायक पुष्पन प्रधान पनि उपस्थित रहने जानकारी गराइएको छ।

सभापछि पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले आगामी २८ मईको दिन तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रहरूमा हुने जल जीवन योजनाको कार्यहरू र सभासद फण्डको कार्यहरूको विधिवत शिलान्यास कार्य सम्पन्न गरिने भएको बताएका छन्। उक्त शिलान्यास कार्यक्रममा जीटीए चिफ् अनित थापा उपस्थित रहने साथै मनोरञ्जनको कार्यक्रम पनि सम्पन्न हुने भएको छ जसमा प्रसिद्ध गायक पुष्पन प्रधान उपस्थित रहने भएको जानकारी गराएका छन्। उनले तीनधारे महानदी समष्टिको सबैलाई उक्त दिन उपस्थित भईदिने अनुरोध पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement