पश्चिम बंगालको स्थिति यूक्रेनभन्दा पनि खराब: शुभेन्दु

SuvenduAdhikariPTI_vb_51.jpeg

कोलकाताः बंगाल भाजपाका वरिष्ठ विधायक एवं नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले मङ्गलवार मालदा जिल्लामा भएको पटेका गोदाममा विस्फोटलाई लिएर एकपल्ट फेरि पश्चिम बंगाल सरकारमाथि तीखो हमला गरेका छन्। ममता ब्यानर्जी नेतृत्व तृणमूल सरकारमाथि प्रश्न चिह्न गर्दै उनले भने, यहाँ राज्य प्रशासनको संरक्षणमा विस्फोटकहरूको कारोबार भईरहेछ। यहाँ स्थिति यूक्रेनभन्दा पनि खराब छ। बंगालमा जतिको भारी मात्रामा विस्फोटक छ, यूक्रेनमा त्यसभन्दा कम नै होला। यूक्रेनमा त स्थिति केही शान्त भएको छ तर बंगालमा दिनहँ विस्फोट भइरहेछ र मानिसहरू मरिरहेका छन्।

मङ्गलवार मीडियासित कुराकानी गर्दै शुभेन्दुले नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा पर्नदेखि जोगिनका लागि अभिषेक ब्यानर्जीद्वारा सुप्रीम कोर्टमा लगाइएको याचिकामा पनि टिप्पणी गरे। उनले भने, कानून सबैको लागि बराबर हो। अभिषेकले सोधेका थिए, चिटफण्ड मामिलामा शुभेन्दुको नाम भएपनि उनीसित किन सोधपुछ भइरहेको छैन। यसबारे अधिकारीले स्पष्ट गरे, मेरो नाम छोड्नुहोस् यस मामिलामा त धेरै अगाड़ीदेखि मुख्यमन्त्री ममता ब्यानर्जी र उनका भतिजको नाम छ, उनीहरूसित पनि सोधपुछ हुनुपर्छ। कानून अनुसार काम भईऱहेछ, सत्य यही हो। २०२४ को लोकसभा चुनाउमा भारतीय जनता पार्टीले ४०० भन्दा धेरै सीट जित्नेछ भनी उनले दाबी गरे।

उल्लेख्य, पश्चिम बंगालमा गत आठ दिनभित्र तीन पटेका कारखाना र एक तृणमूल नेताको घर धमाका भइसकेको छ, जसमा १७ जनाको ज्यान गएको छ। यसका साथै पुलिस छापामारीमा ७७ हजार किलो प्रतिबन्धित विस्फोटक उद्धार भएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement