कफ सिरपको निर्यातपूर्व गुणस्तर जाँच गर्न आवश्यक, लागू हुनेछ नयाँ नियम

nat-1

नयाँ दिल्लीः कतिपय देशहरूले भारतमा बनाइरहेको कफ सिरपको गुणस्तरलाई लिएर प्रश्न उठेपछि केन्द्र सरकारले यसको निर्यात गर्नपूर्व निर्धारित सरकारी प्रयोगशालामा गुणस्तर जाँच गर्न आवश्यक हुने नयाँ नियम बनाएको छ। यस सम्बन्धमा मंगलवार विदेश व्यापार महानिदेशालयद्वारा जारी एक अधिसूचनामा उल्लेख गरिएको छ, निर्यात गरिएको उत्पादको नमूना प्रयोगशालामा परीक्षण गरिएपछि मात्र निर्यात गर्ने अनुमति दिइनेछ। नयाँ व्यवस्था आगामी एक जूनदेखि लागू हुनेछ।

एक्टमा संशोधन गरी निर्यातकहरूको निम्ति आगामी एक जूनदेखि कफ सिरप विदेश पठाउनपूर्व निर्धारित सरकारी प्रयोगशालाहरूमा परीक्षण गर्न आवश्यक हुने नियम बनाइएको छ। यी प्रयोगशालाहरूमा गाजियाबादस्थित इण्डियन फार्मोकोपिया कमिशन, सीडीएल कोलकाता, सीडीटीएल चेन्नई, सीडीटीएल मुम्बई, सीडीटीएल हैदराबाद, आरडीटीएल चण्डीगढ़, आरडीटीएल गुवाहाटी सहित कुनै पनि एनएबीएल मान्यता प्राप्त स्टेट ड्रग टेस्टिङ ल्याब सामेल छन्।

उल्लेखनीय छ कि गत वर्ष गाम्बिया र उजबेकिस्तानमा कफ सिरप खाएर केही नानीहरूको मृत्यु भएपछि भारतमा निर्मित कफ सिरपलाई कथित रूपमा दोषी बताइएको थियो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement