खरसाङको चिमनी र गिध्द पहाड़को ४७ जना कृषकहरूलाई हटिकल्चर विभागबाट पोलि हाउस किट्स वितरण

IMG-20230523-WA0213.jpg

हामीले जनतालाई रोजगारको अवसर सिर्जना गरिहेका छौं: श्याम शेर्पा

खरसाङ: खरसाङ देवराली समष्टिको चिमनी क्षेत्रमा हर्टिकल्चर विभागको तर्फबाट ४७ जना कृषकहरूलाई पोलि हाउस किट्स वितरण गरिएको छ। यसमा ४० जना चिमनी क्षेत्रका कृषकहरू र ७ जना खरसाङको गिध्द पहाड़ क्षेत्रका कृषकहरूलाई हर्टिकल्चर विभागको दार्जिलिङ जिल्ला हर्टिकल्चर अफिसर देवजित बसाक, विभागीय एमओडी सभासद प्रणाम रसाइली र खरसाङ देवराली समष्टिको सभासद श्याम शेर्पा र अन्यको बाहुलीबाट वितरण गरिएको छ। उक्त पोलि हाउस किट्स वितरण कार्यक्रममा सभाध्यक्षको रूपमा खरसाङ देवराली समष्टिका सभासद श्याम शेर्पा अनि प्रमुख अतिथिको रुपमा जीटीएको हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाइली उपस्थित रहेका थिए। युवा शक्ति खरसाङ देवराली समष्टिको संयोजक दिपेस थापाको सञ्चालनमा सम्पन्न उक्त पोलि हाउस किट्स वितरण कार्यक्रममा स्वागत सम्भाषण नारी शक्ति खरसाङ देवराली समष्टिको सभापति सुष्मा मुखियाले राखेका थिए। कार्यक्रममा हर्टिकल्चर हर्टिकल्चर विभागको जिल्ला अफिसर देवजित बासाकले हर्टिकल्चर विभागको तर्फबाट आज कृषकहरूलाई डीओईवाईको पोलि हाउस वितरण गरिएको जानकारी गराएका छन्। उनले आज पोलि हाउसको किट्स वितरण गरिएको छ र भविष्यमा हामी क्षेत्रीय सभासद र एमओडी सभासदको सहयोगमा निरीक्षणमा आउने जानकारी गराएका छन्। त्यसरी नै हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाइलीले आज विभागको तर्फबाट चिमनी क्षेत्रका ४० जना र गिध्द पहाड़ क्षेत्रको ७ जना गरी जम्मा ४७ जनलाई पोलि हाउस किट्स वितरण गरिएको जानकारी गराएका छन्।उनले यो पोलि हाउस किट्स वितरण गरेर कृषकहरूलाई स्वनिर्भर बनाउन र कृषि कार्यमा सहयोग गर्नलाई वितरण गरिएको बताउँदै यस्तो कार्य आगामी दिनमा अरू समष्टीतिर पनि वितरण गरिने दिएका छन्। उनले खरसाङ क्षेत्रमा नै बजार व्यवस्थापनको लागि मार्केट शुरु गरिने जीटीए चिफ् अनित थापाको सोच रहेको बताएका छन्।

कार्यक्रममा क्षेत्रीय सभासद श्याम शेर्पाले आज वितरण गरिएको पोलि हाउस किट्सले यस क्षेत्रको कृषकहरूलाई धेरै सुविधा हुने भएको छ भन्दै हामी सबै एकबध्द भएर हाम्रो क्षेत्रको विकासको लागि कार्य गर्नुपर्छ अनि हामी जुनै राजनैतिक पार्टीमा रहेर कार्य गरे पनि हाम्रो क्षेत्रको विकासको लागि हामी एकबध्द भएर अघि आएर कार्य गर्नुपर्छ भनी बताएका छन्। उनले आज वितरण गरिएको सर सामानहरू सही रूपमा प्रयोग गरिदिने अनुरोध पनि गरेका छन्। क्षेत्रीय सभासद श्याम शेर्पाले भने, रोजगारको लागि अवसर सिर्जना गर्न कार्य गरिहेका छौं। मलाई पनि विभिन्न विभागहरूबाट सहुलियतहरू ल्याएर जनतालाई वितरण गर्नु पर्ने हुन्छ र नै मलाई पनि सम्पूर्ण जनताको साथ र सहयोगको आवश्यकता छ। आज पोलि हाउस वितरण गरिएको छ अनि भविष्यमा यस क्षेत्रमा पशुहरूमा लाग्ने रोग लम्पी विषयमा पनि जनचेतना कार्यक्रम आयोजना गरिने बताएका छन्।

कार्यक्रमलाई भागोप्रमो नारी शक्ति खरसाङ देवराली समष्टिको सचिव ललिता छेत्रीले पनि सम्बोधन गरेका थिए। चिमनी र गिध्दे क्षेत्रका मानिसहरूलाई पोलि हाउस वितरण गरिएपछि हर्टिकल्चर विभागको जिल्ला अफिसर देवजित बासाकले पोलि हाउस जोड़ने तरिका विषयमा जानकारी गराएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement