दार्जीलिङ: श्रम आयुक्तद्वारा डाकिएको वार्तामा मालिक पक्ष आएन।गत धेरै दिन अघिदेखि बन्द रहेको रम्बुक सिडर्स चिया बगानको समस्या समाधान हेतु श्रम आयुक्तले आज सिलगढीको श्रमिक भवनमा त्रिपक्षीय वार्ता डाकेको थियो।आयोजित त्रिपक्षीय वार्तामा सरकार पक्ष र श्रमिक संगठनहरूको नेतृत्वहरू उपस्थित रहेता पनि बगान मालिक पक्षबाट कोही उपस्थित नहुदाँ आजको वार्ता कुनै निचोड निस्कन सकेनन। आयोजित वार्तामा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको पक्षबाट केन्द्रीय अध्यक्ष डी के गुरूङ, केन्द्रीय सहसचिव वविन सुब्बा आदि उपस्थित थिए।आजको वार्तामा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले चिया बगान बन्द भएकोले श्रमिकहरूको आर्थिक अवस्था दिन प्रति दिन बिग्रिँदै जाँदैछ, यसकारण सरकारले यी चिया श्रमिकहरूको आर्थिक अवस्थाबारे यथाशीध्र कदम उठाउनु अनिवार्य रहेको जनाए। वार्ता पछि हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डी के गुरूङले बन्द रम्बुक सिडर्स चिया बगानको समस्याहरूलाई समाधान गर्न श्रम आयुक्तले आज त्रिपक्षीय वार्ता बोलाएको थियो तर वार्तामा मालिक पक्षबाट कुनै पदाधिकारीहरूले अंश ग्रहण गरेनन। विगत केही दिन अघि बोलाएको वार्तामा पनि मालिक पक्षले बिमारीको बहाना गरेर वार्तामा अंश गरेको थिएन।आज सम्पन्न भएको त्रिपक्षीय वार्ताको मिति तय गर्न अघि मालिक पक्षलाई सोधेका थिए। तर उनीहरूले वार्तामा अंश ग्रहण गरेनन।मालिक पक्षले सरकार समेतलाई अनदेखा गर्दै आई रहेको अध्यक्ष गुरूङले बताए।बन्द रम्बुक सिर्डस चिया बगानको फ्याट्रीमा १४ हजार पक्का चिया त्यसै बसेको छ, त्यसलाई त्यतिकै राखी रहे त्यसै नष्ट भएर जानेछ त्यसकारण तयार गरिको पक्का चियाको बिक्री बारे श्रमिकहरूलाई खर्च अनि स्टाफ सव स्टाफहरूलाई बेतन दिने विषय बारे सरकारले उचित कदम उठाई दिने आजको बैठकमा श्रमिक संगठनहरूले आफ्नो पक्ष राखेको अध्यक्ष डीके गुरूङले बताए। रम्बुक सिर्डस चिया बगानको समस्याहरूलाई समाधान गर्न अझ धेरै समय लाग्छ भने सरकारले को अभरेटिभ, द्वारा बगान संचालन गर्ने ब्यवस्था मिलाई दिने श्रमिक संगठनहरूले आजको वार्तामा आफ्नो पक्ष राखेको अध्यक्ष गुरूङले बताए। वार्ता उपस्थित श्रमिक संगठनहरूको नेतृत्वहरू लाई सम्बोधन गर्दै मालिक पक्षले जस्तो प्रकारको कार्य हरू गर्दै आई रहेको छ अनि यो अति नै खेद पूर्ण रहेको छ, त्यसकारण कानूनी रूपमा के गर्न सकिन्छ यस बारे हामी तपाईहरूलाई केही दिनभित्रमा नै अवगत गराउने छौ भन्ने श्रम आयुक्तले श्रमिक संगठनहरूलाई भरोसा दिलाएको अध्यक्ष गुरूङले बताए।वार्तापछि हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको प्रतिनिधि टोलीले श्रम आयुक्तसंग सिलिम हिल चिया बगानको समस्यामाथि छुटटै बैठक बसेको सहसचिव वविन सुब्बाले जनाएको छ।स्मरण रहोस सिलिम हिल चिया बगानमा बगान प्रबन्धकहरूले चियाको गाछहरू उखल्ने निर्देश दिएका थिए, त्यही विषयमाथि त्यहाँ विबाद उत्पन्न भई रहेको छ।









