मालदा: इग्रा, बजबज पछि अब मालदाको अंग्रेजी बजारमा रहेको पटाका पसलमा भीषण विस्फोट भएको छ। जसमा दुई जनाको मृत्यु भएको छ। मङ्गलबार बिहान करिब ६ बजे अङ्ग्रेजीबजारस्थित पटाका पसलमा घटना भएको हो। यहाँ एउटा पसलमा शृङ्खलाबद्ध विस्फोटन हुन थालेपछि पसलमा आगो लागेको थियो। आगो वरपरका अन्य पसलमा पनि फैलिएको थियो। पसलमा कार्बाइडको ठूलो स्टक रहेको स्थानीयले बताएका छन् । घटनास्थलमा पुगेको दमकलले पसलको शटर तोडेर दुई जनाको जलेको शव निकालेको थियो ।