अलिपुरद्वार: अन्ततः एउटा सपना साकार भयो। फालाकाटा ब्लकको दलगाउँ ग्राम पञ्चायत श्मशान स्थलदेखि बन्धु बराइकबारीसम्म करिब तीन सय मिटर जीर्ण सडक निर्माणको शिलान्यास गरिएको हो। मङ्गलबार बिहान एक कार्यक्रमबिच सडक निर्माणको शिलान्यास गरिएको हो। दलगाउँ ग्राम पञ्चायतका प्रमुख आनन्द खरिया, स्थानीय पञ्चायत सदस्य सङ्गीता उराउँ, प्रख्यात समाजसेवी सिरिल बागवार, रामचन्द्र लोहार, बन्धु बराइक, अलङ्कर सरकार आदि उपस्थित थिए। सम्बन्धित क्षेत्रको सडक धेरै वर्षदेखि जीर्ण अवस्थामा रहेको बताइएको छ। जसका कारण वर्षायाममा गाउँलेहरू समस्यामा परेका छन् । सडकको काम सुरु भएपछि स्थानीयवासी खुसी भएका छन्।