विकल्प सडक निर्माण गरिने विषयमा पहल

IMG-20230523-WA0109.jpg

सिलगढी: जामको समस्याबाट मुक्ति पाउनको लागि विकल्प नयाँ सडकको निर्माण गरिने भएको छ। एसजेडीए चेयरम्यान सौरभ चक्रवर्ती र सिलगढीका मेयर गौतम देवले आज पीडब्ल्यूडी निरीक्षण बङ्ग्लामा एउटा बैठक गरे।सो बैठकमा दार्जिलिङका जिल्लाशासक एस पन्नमबलम, एसजेडीए बोर्डका सदस्य गौतम गोस्वामी, रञ्जनशील शर्मा, परिमल मित्र, रामभजन महतो लगायत अन्य उपस्थित थिए। ट्राफिक जामबाट छुटकारा पाउने उद्देश्य लिएर सिलगढी जलपाईगढी विकास पर्षदले नयाँ सडक निर्माण गर्ने योजना बनाएको छ। सिलगढीको जलपाईमोड संलग्न इलाकाबाट नयाँ सडक निर्माण गरिने भएको छ। उक्त सडक चौरङ्गी मोड भएर मतिगढा हाटमा पुगेर समाप्त हुनेछ। यसको साथै जामको समस्याबाट मुक्त पाउने उद्देश्यले परिवहन नगरको ट्रक टर्मिनसलाई घोषपुकुरमा सारिने भएको छ। परिवहन नगरमा एउटा बस स्ट्यान्ड बनाइनेछ। यस अवसरमा चेयरम्यान सौरभ चक्रवर्तीले भने, चाँडै नै उक्त परियोजनाको कार्य शुरू हुनेछ। सडक निर्माण भएपछि साधारण मानिसहरूले जामको समस्याबाट छुट्कारा पाउनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement