नक्सलबारी: नक्सलबारी हुदुभिटामा सलिड वेस्ट म्यानेजमेन्ट परियोजनालाई केन्द्र गरेर उत्तेजनाको माहौल देखापर्यो। प्राप्त जानकारी अनुसार आज इलाकावासीहरूले फोहोर मैला फ्याँक्ने वाहनलाई रोकेर क्षोभ प्रकट गरे। स्थानीयहरूको आरोप अनुसार फोहोर मैला फ्याँक्ने वाहन इलाकामा पस्न साथ दुर्गन्धले बस्न सकिँदैन। पहिला नक्सलबारीको फोहोर मेला ल्याउने गर्दथ्यो तर अहिले बाघडुग्रा र बाहिरबाट फोहोर मैला ल्याउने गरेको छ। घटनालाई केन्द्र गरेर इलाकमा व्यापक उत्तेजनाको माहौल देखापर्यो। नक्सलबारी थाना पुलिस घटनास्थलमा पुगे। घटनाको खबर पाएर नक्सलबारी ग्राम पञ्चायत प्रधान जयन्ती किरो र उप प्रधान विश्वजीत घोष पनि घटनास्थलमा पुगेका थिए। पछि पञ्चायत प्रधानले आश्वासन दिएपछि गाउँलेहरूले विक्षोभ प्रदर्शन हटाए। समस्या स्वीकार गर्दै प्रधानले कम्पोस्ट मेसिनको सहयोगमा चाँडै सबै फोहोर मैलाई सफा गरिनेछ।