सिलगढी: एउटा ट्रक अनियन्त्रित भएर सिलगढी ईस्टर्न बाइपास ठाकुरनगर रेलगेट संलग्न इलाकामा सडकको छेउमा रहेको दोकानमा ठोक्किएपछि इलाकामा उत्तेजनाको माहौल देखापर्यो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार दिउँसो एउटा ट्रक आसिघरबाट गोडामोडतर्फ गइरहेको समय अचानक अनियन्त्रित भएर सडक किनारमा रहेको एउटा दोकानमा गएर ठोक्किँदा दोकानमा रहेका मानिसहरू भाग्यले बाँचे। घटनामा वाहन चालक सामान्य घाइते भएका छन्। घटनापछि चालकले घटनास्थलबाट भागेको छ। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर सो ट्रकलाई आफ्नो नियन्त्रणमा लिएर थानामा लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।