अजय एडवडर्सले गरे जिटिए प्रमुख कार्यपाल विरुद्ध ६० लाख रूपियाँको मानहानीको मुद्दा दर्ता

IMG-20230523-WA0161.jpg

दार्जिलिङ: हाम्रो पार्टीका अध्यक्ष तथा सभासद अजय एडवाडर्सले जीटीए प्रमुख कार्यपाल तथा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा विरुद्ध मानहानीको मुद्दा दर्ता गरेका छन्। हाम्रो पार्टीले जारी गरेको विज्ञप्ति अनुसार गत २८ मार्च २०२३ को दिन एउटा सभालाई सम्बोधन गर्ने क्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले नेउराको पिउने पानीको परियोजनाबाट ३० लाख रूपियाँ कमिशन लिएको साथै यो विषय थाहा पाएर नै नगरपार्षदहरू एडवर्डससित रिसाएका थिए भन्ने दावी गरेको बताएको छ।यसैले आफुमाथि लगाएको अर्थहीन आरोपले आफ्नो मान-सम्मानमा धेरै क्षति पुगेको ठहर गर्दै आज हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले जिल्ला न्यायालयमा पुगेर अनित थापा विरूद्ध ६० लाख रूपियाँको मानहानीको मुद्दा दर्ता गरेका छन्।

About Author

Advertisement