यसपाली विश्वकप फुटबलमा सिंगलहरूलाई चेतावनी, सेक्स गरे ७ वर्ष जेल सजाय हुनसक्छ

Football-World-Cup

विश्वकपका खेलहरू हुँदा स्टेडियममा बसेर खेल हेर्ने मजा अर्कै हुन्छ। रमाइलो पार्टी, कोलाहल… यी सबै मैदानमा र मैदानबाहिर देखिन्छन्। तर नोभेम्बरमा कतारमा हुने फिफा विश्वकप हेर्न आउने फ्यानले भने कडा नियम पालना गर्नुपर्ने भएको छ। वास्तवमा, कतारमा यौन सम्बन्धलाई लिएर कडा नियमहरू छन्। पति वा पत्नी बाहेक अरु कसैसँग यौनसम्पर्क गर्नु गैरकानूनी छ र कडा सजायको व्यवस्था छ। त्यसैले कतारमा आउने सिंगलहरूले कसैसँग यौनसम्पर्क गरेको पाइएमा पुलिसले पक्राउ गर्नसक्छ। समलिङ्गी सम्बन्धमा बस्ने जोडीलाई पनि कारबाही गर्न सकिन्छ।

नियम नमान्ने दर्शकलाई एक–दुई होइन सात वर्ष जेल सजाय हुनसक्छ। यसपटक कतारले विश्वकप फुटबल आयोजना गरिरहेको छ। कतारले यस वर्ष हुने विश्वकप फुटबलमा वान नाइट स्ट्यान्डलाई पूर्णरुपमा प्रतिबन्ध लगाइने फुटबल समर्थकलाई चेतावनी दिएको छ। यसमा कोही संलग्न पाइएमा सात वर्षसम्म जेल सजाय हुनसक्छ। कतार पुलिसलाई उद्धृत गर्दै ‘डेली स्टार’ले पति-पत्नी भएर आउँदैछन् भने ठिक भएको बताएको छ। तर यदि कोही यस ढाँचामा आएका छैनन् भने, सेक्स तपाईको लागि टाढाको सपना साबित हुनसक्छ। यस वर्षको विश्वकपमा पहिलो पटक सेक्स अनिवार्य रुपले प्रतिबन्धित गरिएको छ। कोलाहल गर्ने पार्टीहरू पनि प्रतिबन्धित छन्। विश्वकपमा खेल सकिएपछि रक्सी पिउने र पार्टी गर्ने फ्यानहरुको चलन रहेको स्मरणीय छ।

कतारमा विवाह बाहिर यौनसम्पर्क र समलैंगिकता गैरकानूनी छ। यस्तो अवस्थामा कतारका होटलहरूले फरक थरका जोडीलाई कोठा दिइरहेका छैनन्। कतारमा हुने फिफा २०२२ विश्वकपका प्रमुख कार्यकारी अधिकृत नासेरले प्रत्येक फ्यानको सुरक्षा हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भएको बताएका छन्। उनले भने, ‘खुला रोमान्स हाम्रो संस्कृतिको हिस्सा होइन। यहाँ कोही आउँदै हुनुहुन्छ भने देशको नियम मान्नुपर्छl’ यसैबीच कतार फुटबल संघका महासचिव मन्सुर अल अन्सारीले पनि खेलमा इन्द्रेणी रङका झण्डा लगाउन प्रतिबन्ध लगाउने विचार गरिरहेको बताएका छन्। उनले भने, ‘यदि तपाइँ एलजीबीटीक्यूको बारेमा आफ्नो दृष्टिकोण देखाउन चाहनुहुन्छ भने, यसलाई स्वीकार गरिएको समाजमा प्रदर्शन गर्नुहोस्l’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement