कोलकाता: स्वास्थ्य विभागको स्रोतका अनुसार कटवा उपविभागीय अस्पतालमा एक महिनामा तीन लाख रुपियाँको बिरयानीको बिल आएको छ। उक्त बिलमा अस्पताल व्यवस्थापनले हस्ताक्षर गरी पारित गरेको समाचारमा बताइएको छ। उक्त अस्पतालको यस्तै अर्को घटना अघि आएको छ। व्यवस्थापनले अस्पतालको पार्कमा वृक्षारोपण गर्न दुई लाख रुपियाँ खर्च गरेको बिल पास गरेको समाचार छ। विभागले उक्त बिलको छानबिन शुरु गरिसकेको भए पनि हालसम्म माथिका दुवै बिलमा अस्पताल व्यवस्थापनका कुन कुन अधिकारीले हस्ताक्षर गरेका छन् भन्ने खुल्नसकेको छैन।