अण्डर-१४ बोइज लीगः हिल्स फूटबल एकाडमी ४-२-ले विजयी

IMG-20230523-WA0131.jpg

२३ मईः खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित महकुमा स्तरीय अण्डर-१४ बोइज फूटबल लीगको नवौं म्याचमा हिल्स फूटबल एकाडमीले आफ्नो विजयाभियान जारी राख्यो । स्थानीय चानमारी खेल मैदानमा मंगलवार भएको म्याचमा नगेन तामाङको प्रशिक्षणमा रहने हिल्स फूटबल एकाडमीले कार्मेल हाई स्कूललाई ४-२-ले पराजित गऱ्यो। आजको म्याचमा मुख्य रेफरी सुरेन गुरुङ रहेका थिए। यसरी सहायकको रूपमा दुईजना महिला रेफरी शबनम राई अनि दावा डोमा भूटिया रहेकी थिइन्। फोर्थ अफिसियल नितेश देवान थिए। खरसाङ महकुमाबाट जम्मा ५ वटा टीमले लीगमा हिस्सा लिएको छ। यसमा हिल्स फूटबल एकाडमी, जेआर३२ फूटबल एकाडमी, हिमाली बोर्डिंग स्कूल, कार्मेल हाई स्कूल र पुष्परानी रोय मेमोरियल हाई स्कूल सामेल छ। लीगका सबै म्याचहरू स्थानीय चाँदमारी मैदानमा हुनेछ। बुधवार खेलिने म्याचमा जेआर३२ फूटबल एकाडमी र हिल्स फूटबल एकाडमीबीच भिड़न्त हुनेछ । म्याच दिउँसो १ बजीदेखि शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement