कोलकाताः बीरभूम जिल्लाको दुबराजपुरमा सोमवार एक घरभित्र जमा गरेर राखिएको बमहरूमा विस्फोट भएको घटनाको सन्दर्भम पुलिसले एक व्यक्तिलाई पक्राउ गरेको छ र दोस्रोलाई हिरासतमा लिएको छ। पक्रा परेका व्यक्तिको नाम शेख मोरिलाल हो। मोरिलाल मामिलाको मूल आरोपित शेख शफीकको भाई हो। यस बाहेक शफीकको छोरा शाहरूखलाई पनि पुलिसले हिरासतमा लिएको छ।
मङ्गलवार बिहान जिल्ला पुलिस सूत्रहरूले जानकारी गराएको छ, मोरिलाल त्यही घरमा बस्थ्यो, जहाँ विस्फोट भएको छ। शाहरूख पनि उसको साथमा बस्थ्यो। शफीक घटना भएदेखि फरार छ। उसको खोज जारी छ। शफीक र मोरिलाल दुवै तृणमूल कांग्रेसका नेता हुन्। शाहरूख पनि पार्टीको निम्ति काम गर्दछ।
सोमवार अपराह्न शफीकको घरमा यति तीव्र आवाजको साथ विस्फोट भएको थियो कि वरिपरिका बिल्डिङहरू थर्किएका थिए। मानिसहरू डरले आ-आफ्नो घर बाहिर निस्के। पछि थाहा लाग्यो, त्यहाँ भारी मात्रामा बमहरू बनाएर जमा गरेर राखिएको थियो। बम किन जमा गरिएको थियो, यसबारे पुलिसले स्थिति स्पष्ट गरेको छैन।
भारतीय जनता पार्टीले आरोप लगाएको छ, पञ्चायत चुनाउमा विपक्ष विरूद्ध बमहरूको प्रयोग गरिनु थियो। राज्य सरकारको निर्देशमा सीआईडीले यस घटनाको जाँच शुरू गरेको छ। आज मङ्गलवार सीआईडीको बम स्क्वाड टीम घटनास्थलमा पुग्नेछ र नमूना एकत्र गर्नेछ। फोरेन्सिक टीमले पनि घटनास्थलमा पुगेर नमूना एकत्र गर्नेछ।
उल्लेख्य, घटनामा कोही हताहत भएको छैन तर घरको छप्पर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
-हिस