२०२४ मा धर्मतल्लादेखि सियालदहबीच मेट्रो चल्ने

metroo_111

कोलकाताः कोलकातामा गंगा नदीमुनि बनेको बहुप्रतीक्षित ईस्ट-वेस्ट मेट्रोको काम २०२४ सम्म पूरा हुनेछ। मेट्रो रेल प्रबन्धनका एक वरिष्ठ सूत्रले उक्त जानकारी दिए। उनले जानकारी गराए अनुसार, धर्मतल्लादेखि सियालदहबीच आगामी वर्ष ईस्ट-वेस्ट मेट्रोको परिचालन शुरू हुनेछ जसपछि यो बहुप्रतीक्षित परियोजनाको काम पूरा हुनेछ। गंगा नदीमुनि चल्ने यो पहिलो मेट्रो हावड़ा मैदानदेखि गंगा नदीमुनि हुॅंदै बीबीडी बागसम्म ट्रायल रन पूरा भइसकेको छ। अब केवल धर्मतल्लादेखि सियालदहबीच यसको परिचालन शुरू हुनेछ। बाउबजारमा धेरै भवनहरू ढलेपछि यहॉं बासोबास गर्ने मानिसहरूलाई रेलवे क्षतिपूर्ति पनि प्रदान गरेको छ।

सूत्रहरू अनुसार, खनन् कार्य पूरा भइसकेको छ। यसपछि यहॉं रेल ट्र्याक बिछाउने र मेट्रोको ट्रायल रन शुरू हुनेछ। यसै वर्ष दिसम्बर महिनासम्म हावड़ा मैदानदेखि धर्मतल्लासम्म ईस्ट-वेस्ट मेट्रोको परिचालन यात्रीहरूको निम्ति शुरू हुनेछ। त्यसपछि, धर्मतल्लादेखि सियालदहसम्मको परिसेवा शुरू हुनसाथ मेट्रोको काम पूरा हुनेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement