कुचबिहार: वन्दे भारत एक्सप्रेस ट्रेन न्यू कुचबिहार स्टेशनमा पनि रोकिनु पर्छ भन्ने मांग गर्दै तृणमूल काङ्ग्रेसले आज ट्रेन रोकेर विरोध प्रदर्शन गयो। आगामी २५ मईदेखि न्यू जलपाइगढीबाट गुवाहटीसम्म बन्दे भारत एक्सप्रेस ट्रेन शुरू हुने भएको छ भने यो रेल परिसेवा शुरू हुन अगावै रेलवे विभागको तर्फबाट जारी गरेको एउटा सूचीमा न्यू कुचबिहार स्टेशनमा वन्दे भारत एक्सप्रेस ट्रेनको स्टपेज नरहेको उल्लेख गरिएको बताइएको छ। यसलाई लिएर रेल परिसेवा शुरू हुन अगावै विवाद अनि आन्दोलन शुरू भइसकेको छ। आज मंगलवार कुचबिहार जिल्ला तृणमूल काङ्ग्रेसका कार्यकर्ताहरू साथै समर्थकहरूले न्यू कुचबिहार स्टेशनमा धरना प्रदर्शन गर्नको साथै न्यू कुचबिहार स्टेशनमा बन्दे भारत एक्सप्रेस ट्रेन रोकिनु पर्ने मांग गर्दै ट्रेनहरू रोके। भाजपा विधायकले विभिन्न मुद्दामा केवल नाटक मात्र गरिरहेको आरोप लगाउँदै तिनले भने, यदि बन्दे भारत एक्सप्रेस ट्रेनको कुचबिहारमा स्टपेज नदिए यसको मांगमा पार्टीले अझ वृहत आन्दोलन गर्नेछ।










