कोलकाताः कोलकाताका साथै दक्षिण बंगालमा मंगलवार पनि दिनभरि पानी परिरहने छ। यद्यपि, तापक्रम पनि बढ्नेछ। मौसम विभाग अनुसार, कोलकातामा न्यूनतम तापक्रम २९.३ डिग्री सेल्सियस रेकर्ड गरिएको छ जुन सामान्यभन्दा दुई डिग्री धेरै हो। कोलकाता लगायत हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरुलिया, बांकुड़ासहित दक्षिण बंगालका अन्य ठाउॅंहरूमा पनि तापक्रम ३० देखि ३६ डिग्री सेल्सियसबीच रहनेछ।
आकाशमा बादल छाएको छ जस कारण तातो हावा उठ्न पाएको छैन भने गर्मीको अनुभव भइरहने छ। दिउॅंसो हल्का पानी पनि पर्नेछ र गर्मीबाट हल्का राहत मिल्नेछ। उत्तर बंगालको अलिपुरद्वार, जलपाइगढ़ी, दार्जीलिङ, कुचबिहार र कालेबुङमा पनि पानी पर्नेछ।
-हिस