कार्लोस अल्काराज फेरि बने नम्बर एक खेलाड़ी

IMG-20230523-WA0075.jpg

२३ मईः स्पेनका प्रतिभाशाली युवा टेनिस खेलाड़ी कार्लोस अल्काराज पुरुषहरूका एटीपी विश्व ऱ्यांकिंगमा शीर्ष स्थानमा फर्किएका छन्। पेशादार टेनिस खेलाड़ी संघ (एटीपी)-को नवीनतम ऱ्यांकिंग अनुसार अल्काराज ६८१५ अंकको साथ तालिकाको शीर्षमा रहेका छन्। अल्काराजलाई नम्बर एक खेलाड़ी बन्नको निम्ति गत हप्ता भएको इटालियन ओपनमा केवल एउटा म्याच खेल्ने आवश्यकता थियो। उनी प्रतियोगिताको तेस्रो राउण्डसम्म पुगे, जहाँ उनलाई हंगेरीका फेबियन मरोजानलाई पराजित गरे। उनकै देशका दिग्गज खेलाड़ी तथा २२ पल्टका ग्राण्ड स्ल्याम च्याम्पियन रफायल नडालको अनुपस्थितिमा २० वर्षीय नडाल फ्रेञ्च ओपनमा शीर्ष वरीयता प्राप्त खेलाड़ी हुनेछन्।
डेनियल मेदवेदेवले इटालियन ओपनको फाइनलमा होल्गर रुनेलाई पराजित गरी विश्व ऱ्यांकिंगमा नोवाक जोकोविचलाई पछि छोड़्दै दोस्रो स्थान हासिल गरे। क्वार्टर फाइनलमा रुने विरुद्ध पराजित हुने जोकोविच तेस्रो स्थानमा पुगेका छन्। यसरी नै फाइनलमा मेदवेदेव विरुद्ध पराजित भए पनि डेनमार्कमा २० वर्षीय रुनेले आफ्नो करियरको सर्वश्रेष्ठ छैटौं ऱ्यांकिंग हासिल गरेका छन्। पुरुष युगलमा भारतका रोहन बोपन्ना सात सालपछि शीर्ष १०-मा फर्किएका छन्। बोपन्ना र उनका अष्ट्रेलियाई जोड़ीदार म्याथ्यू एबडेन रोममा दोस्रो राउण्डमा पराजित भएका थिए तर वर्तमान च्याम्पियन मेट पाविक र निकोला मेक्टिक शुरुवाती राउण्डमा पराजित हुँदा भारतीय खेलाड़ी दुई स्थान अघि बढ़्न सफल भए। एकल ऱ्यांकिंगमा सुमित नागल (२५६) शीर्ष ३००-मा सामेल एकमात्र भारतीय हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement