साहित्यकार अबीर खालिङलाई डा. शोभाकान्ति स्मृति पुरस्कार प्रदान गरिने

IMG-20230522-WA0347.jpg

गान्तोक: वरिष्ठ कथाकार अबीर खालिङ प्रतिष्ठित डा. शोभाकान्ति थेगिम लेप्चा स्मृति पुरस्कार २०२३ द्वारा अलमृत हुने भएको छ। हिजो गान्तोकमा डा. शोभाकान्ति थेगिम लेप्चा स्मृति ट्रष्टको एक बैठकमा यो निर्णय लिइएको हो। दार्जीलिङ जिल्ला बिजनबारी खण्ड विकासअन्तर्गत कर्माटार निवासी कथाकार खालिङले नेपाली साहित्यको विभिन्न विधामा सशक्त रुपमा कलम चलाउँदै आएका छन्‌। २०१९ मा प्रकाशित उनको कथाकृति दार्जीलिङ मेटामोर्फोसिस-लाई पुरस्कारको लागि छमौट गरिएको हो। आगामी ४ जुलाईको दिन गान्तोकमा आयोजित एक समांरोहबीच साहित्यकार खालिङलाई अलङ्कृत गरिने छ। ट्रष्टले गत २५ वर्षदेखि यो पुरस्कार प्रदान गर्दै आएको छ। प्रत्येक वर्ष ४ जुलाईको दिन डा. शोभाकान्ति थेगिम लेप्चाको जन्म जयन्तीमा पुरस्कार प्रदान गर्दै आएको छ। नगद पॉंच हजारबाट शुरु भएको पुरस्कार अहिले पचास हजारमा पुगेको छ। योसंगै ताम्र पत्र र प्रशस्ति पत्र प्रदान गरिने उल्लेख ट्रष्टद्वारा जारी एक प्रेस विज्ञप्तिमा गरिएको छ।

About Author

Advertisement