लम्पी स्किन रोगबारे सतर्कता

00-1-Chheriya-Samachar-2

केपोखरी: लम्पी स्किन रोगको लक्षण क्षेत्रमा पनि देखिन थाले पश्चात यस सम्बन्धित विषय लिएर सतर्कतासँगै रोकथाम गर्न उचित पहलको माग उठिरहेको छ। जोरबङलो सुकेपोखरी खण्डको ग्राम पञ्चायत क्षेत्र पनि भारत-नेपाल सिमानासँग जोडिएको हुनाले हाल प्रकाशमा एक रहेको लम्पी स्किन रोग एलएसडीबारे सतर्कता अपनाउनु पर्ने आवश्यकतालाई मध्यनजर राखी कार्य भइरहेको छ। विशेष भारत नेपाल सिमा क्षेत्रबाट आवतजावत गर्ने पशु सँगै गैरकानुनी रुपमा पहाड भित्रिने गाई-गोरूबाट खण्ड क्षेत्र पनि प्रवाहित बन्ने देखिए पछि बिजनबारी कृषि उत्पादन ट्रस्टले जोरबङलो सुकेपोखरी खण्ड विकास कार्यालय, खण्ड प्राणी सम्पादा विकास विभाग, सुकेपोखरी थाना सँगै एसएसबीलाई पनि यस सम्बन्धित विषय लिएर उचित कदम उठाईदिने अनुरोध गरेर ज्ञापन पत्र बुझाउने कार्य गत हप्ता गरिएको जानकारी कृषक सञ्जय मुखियाले दिएका छन्। उनले बताएअनुसार गत हप्ता दार्जीलिङ जिल्लापाल लगायत पशुपालन बिभागलाई सगठनले यस सम्बन्धित विषय लिएर जिल्ला प्रशासन अनि जिटिए पशुपालन विभागले समय अनुसार सतर्कता अपनाउने आग्रह गरेको बताए।

यस सम्बन्धित विषय लिएर खण्ड विकास कार्यालयले खण्डको सिमा क्षेत्रका सम्बन्धित एसएसबी अधिकारी क्रमले मानेभन्ज्याङ अनि पशुपति फाटका भारप्राप्त अधिकारीलाई प्रत्रचार गरेर कठोर निगरानी गरी आवतजावत माथि सतर्कता अपनाउने अनुरोध गरेको कार्यालय स्रोतले बताएको छ।

About Author

Advertisement