पाकिमः केन्द्रिय अल्पसंख्यक मामिला राज्य मन्त्री जोन बारलाले आज सिङतामको टोपाखानीस्थित ३०० पलङ क्षमता भएको जिल्ला अस्पताल निर्माण स्थलको निरीक्षण भ्रमण गरे। उनले निर्माण स्थलको भ्रमण गर्दै स्थानीय कामदारहरूसॅंग अन्तरक्रिया पनि गरे। उनले सिक्किमे जनतालाई अन्तरराष्ट्रिय गुणवत्ताको उत्कृष्ट प्राविधिक उपलब्ध गराउने मुख्यमन्त्री प्रेमसिंह तामाङको प्रयास र दृढ संकल्पको सराहना गरे।
सामाजिक कल्याण विभागका सचिव एबी कार्कीले सिक्किमलाई उत्कृष्ट सुविधाहरू उपलब्ध गराउन केन्द्रिय मन्त्रीले गरिरहेको सहयोगको निम्ति धन्यवाद दिए। यो अस्पताल निर्माण गर्नुको उद्देश्य अन्तरराष्ट्रिय मानकको स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको बताइएको छ। यस अवसरमा काल्चिनीका विधायक बिशाल लामा, मुख्यमन्त्रीका सल्लाहकार रोहितराज महाराज तथा अन्यहरूको पनि उपस्थिति रहेको थियो।
-हिस











